Logo

राजनीति

कञ्चनपुरका लोकप्रिय युवा सिंह कांग्रेस जिल्ला सदस्यको उम्मेद्वार



कञ्चनपुर । कञ्चनपुरमा लोकप्रियता कमाएका सक्रिय युवा व्यवसायी पवन विक्रम सिंहले नेपाली कांग्रेस जिल्ला कार्य समितिको सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् । व्यवसायका साथै समाजसेवामा समेत संलग्न रहेर आम समुदाय माझ लोकप्रिय रहेका सिंहले पार्टीको जिल्ला सदस्य पदमा खुल्ला तर्फबाट उम्मेद्वारी घोषणा गरेका हुन् ।

आम जनताका आवश्यक्तालाई सवल र सरल तरिकाले सम्बोधन गर्न संस्था बलियो हुनु पर्ने धारणा राख्ने सिंहले पार्टीको संस्थापनबाट आफ्नो उम्मेद्वारी रहेको बताएका छन् । हाल देशको सरकारको नेतृत्व समेत गरेको नेपाली कांग्रेसलाई आगामी निर्वाचनबाट थप शक्तिशाली बनाउन युवाहरुको भूमिका अहम हुने हुँदा आफ्नो उम्मेद्वारी त्यसैमा केन्द्रित रहेको भनाई उनले राखे ।

आफ्नो जिल्लामा समेत नेपाली कांग्रेसलाई जनताहरुका माझमा जनप्रेमी पार्टीका रुपमा बुझ्ने गरी आफूले भूमिका खेल्न आवश्यक भएकोले आफू त्यसमा सक्रिय रहने भनाई समेत सिंहले राखे । आफूले करिब एक दशकसम्म पार्टीमा खेलेको भूमिकाबाट पाएको सम्पूर्ण अनुभव अब पार्टीको जिल्ला समितिमा रहेर निभाउने उनले बताए ।

आफ्नो जिल्लामा मात्र नभई देश विदेशका विभिन्न ठाउँहरुमा समाजसेवीको छवि स्थापित गरेका सिंहको उम्मेद्वारीलाई कञ्चनपुरवासीहरुले उत्साहपूर्ण मानेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : ३४ बजे