Logo

अन्तर्वार्ता

१४ औं महाधिवेशनबाट नयाँ नेतृव्व आउनेमा कुनै दुईमत छैन् : सुवास कार्की [अन्तर्वार्ता]



नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र न. १ को संघीय केन्द्रीय महाधिवेशन प्रतिनिधि (खस आर्य) मा उम्मेदवारी दिएका युवा नेता सुवास कार्कीसंग १४ औं महाधिवेशनका सन्दर्भमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

नेपाली कांग्रेसको महाधिवेशनको तयारी कस्तो हुँदै छ ?

नेपाली कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन आज हुँदै छ । सिन्धुली जिल्लामा केहीमा सर्वसहमतीमा र केहीमा निवार्चन भयो । त्यसैगरी संघीय निवार्चनको ६ गते र जिल्लाको अधिवेशन १० गते हुँदै छ । यसको लगभग तयारी पूरा भएको छ । हामीले अन्य तयारीहरु पनि गरिरहेका छौं ।

तपाईले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उमेदवारी दिनुभएको छ । तपाईले जित्ने आधार के के छन् ?

म विगत लामो समय देखि पार्टीमा सक्रिय छु । पार्टीको ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि र १२ औं महाधिवेशनमा जिल्ला कमिटिको प्रत्यासी पनि भैसकेको हो । विगत लामो समय देखि विद्यार्थी राजनीतिमा सक्रिए भएँ अब राष्टिय राजनीतिमा आएको छु । जनताको स्वास्थ्यसंग सम्बन्धीत रहेर काम गरेको छु । पार्टीका अग्रजहरुलाई सम्मान गर्दै युवाहरु नेतृत्वमा आउनु पर्छ भन्ने धाराणा लिएर आएको छु । हाम्रो पार्टीमा युवाहरु अगाडि आउने अभियान चलेको छ । यो आधारमा मैलै जित्छु ।

तपाईको मुख्य एजेण्डा के—के छ ?

नेपाली कांग्रेस एउटा गर्भिलो इतिहाँस बोकेको पार्टी हो । म पार्टीको संगठन विस्तार गर्ने, पार्टीले विगतदेखि गर्दै आएको परिवर्तनलाई संस्थागत गर्दै लैजाने र पार्टी भित्रको गुठबन्दी, विकृती र विसंगतीलाई चिर्दै पार्टीलाई गतिशील बनाउने मेरो एजेण्डा हो । त्यसैगरी अग्रज र युवाहरुलाई संगै लैजान पर्छ भन्ने मेरो मान्यता छ ।

महाधिवेशनबाट नयाँ नेतृत्व आउँ छ या पुरानै दोहोरिन्छ ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ पुस्ता आउनेमा कुनै दुविधा छैन् । तपाईहरु देख्न सक्नुहुन्छ, पालिका देखिकै अधिवेशनमा युवाहरुको जुन किसिमको सहभागीता, उत्साह र भूमिका छ । त्यसले नै देखाउछ नयाँ पुस्ताको आगमन भएको । अब नेपाली कांग्रेसमा नयाँ वैचारीक नेतृत्व आउँछ र पार्टीलाई ससक्त बनाएर लैजान्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा भएको सरकारले राम्रो काम गर्न सकेन नी ?

यो सरकार एउटा विशेष परिस्थितिमा बनेको सरकार हो । देशलाई खतरामा जानबाट यो सरकारले बचाउन सफल भयो । सरकारले राम्रो काम गर्नु नसक्नुको एउटा कारण यो गठबन्धनको सरकार हो बहूमतको सरकार होइन । महाधिवेशनले पनि अप्रत्यक्ष प्रभाव परेको छ । अब नयाँ नेतृत्व आएपछी सरकारले राम्रो काम गर्ने छ ।

नेपाली कांग्रेसमा आगामी चुनावको तयारी कस्तो छ, चुनावमा एक्लै होमिनु हुन्छ की गठबन्धनलाई संगै लिएर जानुहुन्छ ?

आगामी चुनाव जित्न कांग्रेसलाई कुनै गठबन्धन गर्न जरुरत छैन् । नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउँछ । हामीले आगामी चुनावमा झुकिएर पनि गठबन्धन गर्नु हुँदैन् । त्यो पार्टी र देश दुबैलाई घातक हुन्छ । यस्तै सोचमा चुनावको तयारी भैरहेको छ ।

अन्तयमा, मतदातालाई के भन्न चाहानुहुन्छ ?

नेपाली कांग्रेस पार्टीको महाकुम्भ मेला हुँदैछ । तमाम मददाताहरुलाई म अब नेपाली कांग्रेस कस्तो बन्ने भन्ने कुरा र कस्तो गतिमा जाने भन्ने कुरामा अबको नेतृत्वको भर पर्ने हुनाले मतदाताहरुको हातमा महत्वपूर्ण जिम्मेवारी आएको छ । कुनै पनि किसिमको प्रलोभनमा नपरिकन, बहकाउमा नआएर निश्पक्ष ढंगले सक्षम नेतृत्व छान्न अपिल गर्छु ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १८:०८   :  बजे

429
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।