Logo

अचम्म

अचम्मको खबर, पिशावबाट मोबाईल चार्ज !



सुन्दा अचम्म लाग्न सक्छ । तपाईलाई अचम्म लाग्नु स्वभाविक पनि हो कि पिशावबाट नै स्मार्ट फोन चार्ज हुन्छ भनेर १ तर, यसलाई सम्भव तुल्याउनका लागि अध्ययन भने सुरु भइसकेको छ ।

जुन अध्ययन अनुसन्धान एउटा अनौठाे लाग्दो विषय हो । तर, पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन्।यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् ।

यस्तो शुक्ष्मजीव जुन पिशावमा हुन्छ । यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ । जसको प्रयोग गर्न सकिन्छ ।२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ । एजेन्सी

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : ४४ बजे