Logo

बागमती प्रदेश

अत्यधिक मतसहित तरुण अध्यक्ष बस्नेत निर्वाचित, केन्द्रमा उम्मेदवार बन्ने बाटो खुल्यो




जावलाखेल । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सोमबार ललितपुको क्षेत्र नं. ३ मा भएको क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

बस्नेतले खुलातर्फ उम्मेदवारी दिएका थिए । उनले २७८ मत पाएका छन् । ३९९ मत रहेको क्षेत्र नं. ३ मा २७८ मत ल्याएर जितेपछि बस्नेतले सबै मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

जितपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, – ‘मिति २०७८ मंसिर ५ गते सोमबार अर्थात् हिजो सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नं. ३ को अधिवेशनमा आफ्नो अमुल्य मत प्रदान गरी मलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी गराईदिनुभएकोमा क्षेत्र नं. ३ का सम्पूर्ण इकाई सभापति ज्यूहरु, क्षेत्रीय प्रतिनिधि ज्यूहरु, मेरा आदरणीय नेता ज्यूहरु एवं मलाई साथ र सहयोग गर्नुहुने साथीहरु तथा सम्पूर्ण महानुभावहरुलाई हृदय देखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै सधै झैँ आगामी दिनमा समेत हरदम हजुरहरुको साथमा रहने बाचा समेत गर्दछु ।’

तरुण अध्यक्ष बस्नेतले १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै बस्नेतलाई केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न बाटो खुलेको छ ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  ८ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।