Logo

आजको तस्विर

लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन , शुभकानाको ओइरो



लोकप्रिय अभिनेत्री निरुता सिंहको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा निरुतालाई बिहानैदेखि शुभकामना दिनेको ओइरो लागेको छ । २०५० सालमा रिलिज भएको दक्षिणा फिल्मबाट निरुताले नेपाली फिल्म नगरीमा डेब्यू गरेकी सुन्दरी नायिका न्रिुता पछिल्ला दिनमा भारतको मुम्बईमा बस्दै आएकी छिन् ।

भारतको कालिङपोङमा जन्मिएकी उनलाई पारिवारिक नाता पर्ने निर्देशक तुलसी घिमिरेले शताब्दीको खोज उपशिर्षक सहित हिरोइनका रुपमा डेब्यू गराएका थिए । उनलाई हिरोइन बनाउँन पहिलो सिफारिस चाँहि घिमिरेका ससुरा एवं बरिष्ठ संगीतकार रन्जित गजमेरले गरेको बताइन्छ ।

 

niruta.jpg

 

niru.jpg

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ४८ बजे