Logo

अन्तर्वार्ता

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुन्छ : तारानाथ लुईटेल [अन्तर्वार्ता]



देशमा राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना गर्नको लागि केही समूहहरु हाल जोडदार रुपमा लागि परेको देखिएको छ । देशको हालको प्रणालीले देशलाई खोक्रो बनाएको उनिहरुको बुझाई हो । अब वृहत जनआन्दोलन गर्न संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा लागि परेको छ । यसै सन्दर्भमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका संयोजक तारानाथ लुईटेलसंग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको मुख्य—मुख्य एजेण्डाहरु के—के हो ?

जनआन्दोलनको मुख्य—मुख्य एजेण्डा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, अखण्ड नेपाल, भ्रष्टचारमुक्त नेपाल बनाउने हो ।

देशलाई राजसंस्था किन आवश्यक छ ?

हाम्रो देशको भौगोलीक दृष्टिकोणले र शाहवंशिय राजसंस्थाले आर्जेको मुलूक भएकोले, पृथ्विनारायण शाहले वाइसे चौविसे राज्यहरुको एकिकरण गरेर बनाएको नेपाल, आज विखण्डन गरेका छन् । धेरै देशहरुमा राजाले शासन गरिरहेको र ती देशहरुका जनता खुशी भएका छन् । त्यसैले नेपालमा पनि राजसंस्थाको आवश्यकता छ । अहिले विदेशीले बोकाएको गणतन्त्रको भारीलाई परिमार्जित गरेर, धर्म संस्कृती र रितिरिवाजलाई पनि परिमार्जित गरेर अगाडि बढेको भए ठिक थियो । तर विदेशी दलालले बोकायएको भारी हो ।

अहिले एकथरी धर्म निरपेक्षता, गणतन्त्र, संघीयता तीर छन् भने हामी संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दुराष्ट्र र स्वयत्त शासन प्रणाली अनुसार विकेन्द्रीकरण चाहान्छौं । यहि एजेण्डा नेपाललाई आवश्यक छ । नेपालमा शाहवंशिय राजसंस्थाले दिएको प्रगतिलाई विगार्ने काम भैरहेको छ । हालको भ्रष्टचारी, विकृती जस्तो कुराहरुको अन्त्य गर्न राजा चाहिन्नछ भनेर सबै नेपालीले महसुस गरेका छन् । निति नियम बनाउन पर्ने थलो संसद बन्द गरेर कुनै काम विना तलब भत्ता खाने काम भैरहेको छ । विकास ठप्प छ । काठमाण्डौंमा काकाकुलको अवस्था छ मेलम्चि फेरि बनाउने सरकारको कुनै सुरसार देखिएको छैन् । न्यायापालिका, कार्यपालिका र व्यवस्थापिकाको दुरदशा सबैले देखेकै छ । जनताको मुद्धा फैसला नगरेर अदालतमा नौटंकी भैरहेको छ ।

वैदिक सनातन हिन्दु राष्ट्र किन आवश्यक छ ?

धार्मीक स्वतन्त्रता सहितको हिन्दु राज्य हामी चाहान्छौं । यसमा हामीले कुनै पनि धर्मलाई अपमान गर्न खोजेका होइन् । विश्वका १ सय ५३ जति कृस्टियन राष्ट्रहरु छन्, त्यसैगरि त्यसैको हाराहारीमा मुसलमान धर्मका देशहरु छन्, १३ जति देशमा बुद्ध धर्म मान्ने देशहरु छन् । त्यसैले हाम्रो हिन्दु राज्यलाई कसैले पाखा लगाउन पर्ने कारण थिएन् । कसैको धर्मलाई कसैले अपमान गरेको थिएन् ।

३ अर्ब हिन्दुहरुको प्रतिनिधित्व गर्ने हाम्रो देश नेपालमा ९४ प्रतिशत ओमकार परिवारहरु छौं । आज यसको अपमान भएको छ । विदेशीले बोकाएको भारीले यस्तो बनाएको हो । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा यसलाई पुनर्स्थापना गर्न चाहान्छ । यसले नेपाली जनताको हित हुन्छ । हिन्दुराष्ट्र कायम गर्दा कुनै धर्मको अपमान हुँदैन संरक्षण हुन्छ । यो मुलुकको पहिचानको लागि पनि हिन्दु राष्ट्रको आवश्यक्ता छ ।

संयुक्त जनआन्दोलन भन्नुभएको छ । १०० जनाको सहभागिता हुन गारो छ, यसरि जनसहभागिता बिना उदेश्य पूरा हुन्छ ?

हाल ८१ वटा धार्मिक संस्थाहरु संयुक्त रुपमा लागि परेका छौं । सबै नागरिकहरुलाई एकै थलोमा आउन संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आवह्रान गरेको छ । एउटा झुण्डले अथवा कुनै व्यक्तीले पदपाएर आन्दोलन सफल हुँदैन, सबैलाई जनआन्दोलनमा आउन संयुक्त जनआन्दोलनले आवहान गरेको छ ।

धर्मनिरपेक्षता, संघीयता सहितको गणतन्त्रलाई अपनाएर देश यति अगाडि बढिसकेको छ । तपाईहरुको यो जनआन्दोलनले देशलाई पश्चगमन तीर लैजाने हो की ? यो प्रणालीले देशलाई कति पनि अगाडी बढाएको छैन् । संघीयताले नेपाली जनताको ढाड भाँचेको छ ।

देशले थेग्नै नसक्ने राजाहरु बनेका छन्, भ्रष्टचार मौलाएको छ, तलब र भत्ताले नै आधा ढुकुटी सकिन्छ । प्रत्येकलाई गाडी देखी भान्से नोकर चाकर सम्मको सुविधा दिएको छ । यस्तो खर्च नेपालले धान्न सक्दैन् । हरेक बस्तुको निर्यात छैन आयत मात्र छ । यसले राष्ट्र बैंकको ढुकुटी समाप्त हुँदै छ । रेमिटान्सको आधारले देश चलेको छ । अब देशलाई जोगाउन हामी सबैको भूमिका हुनुपर्छ । सबै नेपाली दाजुभाई दिदि बहिनीहरु एक हुन जरुरी छ ।

धर्मनिरपेक्षता, संघीयता सहितको गणतन्त्र नेपालमा कसरी असफल भयो ?

पहिलो यो विदेशीले बोकाएको भारी हो । दोस्रो १२ बुदे सम्झौता भारतीय भूमीमा गरिएकोले पनि यो अवस्था भएको हो । तेस्रो राजासंग ५ बुदै सम्झौता गरेर राजा पनि एक शक्ति हो भन्ने हेक्का नराखी समझौता उल्लंघन गर्नु, यस्ता कराहरुले गर्दा धर्मनिरपेक्षता, संघीयता सहितको गणतन्त्र असफल भएको हो ।

जनआन्दोलनको अबको योजनाहरु के—के छ । अब कहिलेसम्म अनआन्दोलनले सफलता पाउँछ ?

हाल संगठन विस्तार भैरहेको छ । हामी माघको पहिलो हप्ताबाट आन्दोलनमा जान्छौं । देशै भरी संगठन विस्तार गरेर १० लाख सदस्यता वितरण गरेर हामी आन्दोलनमा होमिन्छौं । आन्दोलन कडा र शसक्त्त हुन्छन् । दलहरुको महाधिवेशन सकिएपछि सत्ता पक्ष र प्रतिपक्षलाई ज्ञापन पत्र बुझाएर सचेत गराएर हामी अगाडि बढ्छौं ।

हाल देशमा भैरहेको राजनीतिक गतिविधिलाई कस्तो रुपमा लिनुभएकोछ ?

हालका राजनीतिक दलहरु एमसीसी जस्ता कुराहरु गरेर विदेशीलाई खुशी पार्न व्यस्त र मस्त छन् । कुनै पार्टी र नेताको ध्यान मुलुक बनाउनेमा छैन् । विदेशीलाई मात्र खुशी पारेर पार्टीको झण्डा मात्रै बोक्न हो भने यी राजनीतिक दलहरुको कुनै आवश्यकता छैन् । यीनिहरुले लुटेको सम्पत्ती जनआन्दोलनले राष्ट्रियकरण गरेर फर्काउने छ भन्ने विस्वास दिलाउन चाहान्छु ।

संयुक्त जनआन्दोलनमा सहभागी हुन जनतालाई कसरि आवहान गर्नुहुन्छ ?

हालका राजनीतिक दलहरुले देशलाई खोक्रो बनाएर नेपाली जनतालाई झुकाइरहेका छन् । यो भ्रमबाट मुक्त हुन म सबैलाई आग्रह गर्न चाहान्छु । अब देशलाई वर्बात हुनबाट जोगाउन हामी सबै नेपाली जनताको एकता आवश्यक छ । त्यसैले संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, भ्रष्टचारमुक्त अखण्ड नेपाल बनाउन सम्पूर्ण नेपाली जनतालाई अगाडि आएर मोर्चामा सहभागी हुन म आवहान गर्न चाहानछु ।

प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार  ३ : ३६ बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।