Logo

प्रमुख समाचार

एमाले १० औं महाधिवेशन, १५ लाख जनताको उपस्थिति भयो : नेता नरबहादुर धामी



नेकपा एमालेका नेता नरबहादुर धामीले हिजो भएको उद्घाटन कार्यक्रममा १५ लाख जनता उपस्थिति भएको बताएका छन् ।

एमालेको बन्दसत्र सुरु हुँदै गर्दा सञ्चारमाध्यमहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कर जबरजस्तिबाट नभएर जनता एमालेको कामबाट प्रभावित भएर आगामी चुनाबमा बहुमतले जिताउनको लागि उपस्थिति भएको दावी गरे ।

महाधिवेशनमा विचारको छलफल नगरेर शक्तीको प्रदर्शन मात्र गरेको भन्ने तर्कको खण्डन गर्दै नेता धामीले एमालेले विधान महाधिवेशनमा नै विचारको बहस भैसकेको प्रष्ट पारे । उनले सबै पदाधिकारीमा सर्वसहमतीमा चयन गर्न सबै नेताहरु लागि परेको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १६:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।