Logo

प्रमुख समाचार

सुदूरपश्चिम काँग्रेसको सभापतिमा वीर बहादुर बलायर विजयी, अन्य को-को ? (सूचीसहित)



नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा बीर बहादुर बलायर निर्वाचित भएका छन् । विरिष्ठ नेता बलायरले ६ सय ८८ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।

सभापति बलायर संस्थापन पक्षका नेता हुन् । सभापतिका लागि उम्मेदवार २ जना रहेका थिए । नारायणदत्त मिश्रले २ सय ८० मत ल्याएर पराजित भएका छन् । मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

निर्वाचन आयाेग समितिका अनुसार १ हजार मत खसेको थियो । यस्तै अन्य पदाधिकारी पनि संस्थापन पक्षबाटै निर्वाचित भएका छन् ।

यस्तै उपसभापतिमा लोकराज अवस्थीले ५ सय २३ मत ल्याएर बिजयी भएका छन् । गोपाल सिंह गुरुङले २ सय ८१ मत,मनबहादुर रावलले २ सय ६३ मत र हिम बहादुर रावल १ सय २१ मत ल्याएर पराजित भएका छन् ।

यसैगरी नरनारायण शाह मनुले ६ सय ४८ र यसैगरी नरनारायण शाह मनुले ६ सय ४८ र मेघराज खड्काले ६ सय ३५ मत ल्याएर दुबै जना महामन्त्रीमा बिजयी भएका छन् । प्रताप गुर्धामी :२ सय १४ मत,रामबहादुर शाही ३ सय ३ मत ल्याएर पराजित भएका हुन् ।

गोपाल दत्त भट्टले ५ सय २९ मतले बिजयी भएका छन् भने चिन्तामणि भट्टले पनि ५ सय ३३ मत ल्याएर बिजयी भएका छन् । नरेन्द्र प्रसाद भट्ट २ सय १२ मत ,पदम राज पन्त २ सय ५७ मत, लक्ष्मण बहादुर शाही १ सय ६४ मत,हर्कबहादुर स्वाँर ७ सय १ मतले पराजित भएका छन् ।

सह-महामन्त्री (महिला) (कुनै १) मा अम्बिका चलाउनेले ६ सय ८८ मतले बिजयी भएकी छन् भने खिना भण्डारी (कुँवर) २ सय ३२ मतले पराजित भएकी हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार १२:४०   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।