Logo

प्रमुख समाचार

बागमती प्रदेशमा कांग्रेसबाट ६ जना मन्त्री थपिँदै

१८ जनाको जम्बो सरकार



बागमती प्रदेशमा ६ जना सांसद मन्त्री बन्दैछन् । नेपाली कांग्रेसका तर्फबाट ३ मन्त्री र ३ राज्यमन्त्री थपिने भएका हुन् ।

कांग्रेसबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, रजनी अमात्य जोन्छे उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री बन्ने भएकी छिन् ।

सत्ता गठबन्धनमा भागबण्डा मिलाउन ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ भने राज्यमन्त्री समेत थपेर १८ जना मन्त्री बनाइँदैछन् । मन्त्रीहरूका लागि नयाँ गाडीसमेत खरिद गर्ने तयारी छ । बागमती प्रदेश सरकारले भागभण्डा पुर्याउनको लागि मन्त्रालयहरू टुक्राएको भनेर चौतर्फी आलोचना भैरहेको छ । गठबन्धनको सरकारले चार दललाई भागभण्डा पुराउन यस्तो गरिरहेको देखिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ३ : ४३ बजे