Logo

सूचना/प्रविधि

वर्षको ६ पटकसम्म तोकिए बमोजिम मात्र घरेलु मदिरा उत्पादन गर्न दिनु: सर्वाेच्च अदालत 



सर्वाेच्च अदालतले वर्षमा ६ पटक सम्म घरेलु मदिरा उत्पादन गर्न दिनु भन्दै फैसला सुनाएको छ । वर्षमा ६ पटक तोकिएको मापदण्डमा रहेर घरेलु मदिरा उत्पादन गर्न दिनु भन्ने फैसला गरेको हो ।

अनुमतिविनाको मदिरा उत्पादन रोक्न माग राखी दायर रिट–निवेदनमाथि सुनुवाइपछि सर्वोच्च अदालतले ‘चाडबाड, रीतिरिवाज र संस्कृति’का लागि भन्दै मात्रा तोकेको हो ।

न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले गरेको फैसलाको पूर्णपाठमा एकपटकमा पाँच लिटर मदिरा र १० लिटर जाँड घरेलु रूपमा उत्पादन गर्न दिनू भन्ने उल्लेख छ । सर्वोच्च अदालतले मदिरा ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार यस्तो आदेश दिएको हो । ‘मदिरा ऐन २०३१ को दफा ७ अनुसार निजी उपयोगका निमित्त तोकिएको मात्रामा रक्सी वा जाँड बनाउन पाउने व्यवस्था गरेको देखिन्छ,’ २०७६ माघ ५ गतेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘मदिरा निययमहरू २०३३ को नियम ७ मा उल्लेख भएअनुसार एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन दिनू । वर्षको ६ पटकसम्म मात्रै बनाउन दिनू ।’

यस अघि नेपालका विभिन्न जिल्लाहरुमा अवैध घरेलु मदिरा भन्द्यै प्रहरीले मदिरा नष्ट गर्दै आएको थियो ।

सर्वाेच्च अदालतले गरेकाे फैसलाकाे पूर्णपाठ हेर्नुहाेस्

https://drive.google.com/file/d/1hFyjpq9bMBoSjz8ezgGOPi_YFcvYDEqP/view

 

 

 

 

 

प्रकाशित मिति : आश्विन १३, २०७७ मंगलबार  १० : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।