श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीमा अवस्थित सहकारीको पुस २४ गते शनिबार साधारण सभा, यल दरबार भेन्यू, शंखमूलमा ज्यापु समाज यलका अध्यक्ष तथा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सभामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विशेष अतिथिको आशनग्रहण गरेका थिए ।
शुभकामना मन्तव्य दिने क्रममा मन्त्री भुसालले संस्थाले गर्दै आइरहेको वितिय सेवाको सराहना गरकी छिन् । साथै आउने दिनमा संस्थाले सदस्य र समाजको उठानको लागि संस्थाले रचनात्मक कार्य गर्दै जान शुभकामना दिएकी हुन् । मन्त्री भुसालले आउने आ.व.मा संस्थाले प्रत्यक सदस्यलाई लाभांस स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव दिईन । शुभकामना मन्तव्य दिने क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफुसंग भएको पैसालाई घरमा नराखि लगानी वा वितिय संस्थामा राखि थप पैसा आर्जन गर्न सुझाब दिएका छन् ।
त्यस्तै ज्यापु समाज यलका प्रथम उपाध्यक्ष सविना अवालेले कोरोनाले ठेलिएको अर्थतन्त्रमा पनि संस्थाको सन्तुलित आर्थिक प्रतिवेदन प्रति सन्तोस व्यक्त गरेकी छिन् ।

संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जन संचालक समितिको तर्फबाट आ.व. २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८÷०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष तीर्थलाल महर्जनले प्रस्तुत गरेकोे अध्यक्षको प्रतिवेदन अनुसार आ.व. २०७७÷७८ मा संस्थाको शेयर पुँजी ८ करोड ६ लाख ३२ हजार ९ सय रहेको छ । संस्थामा सक्रिय १ हजार ८ सय २८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ८१ लाख ११ हजार ७ सय ९ रुपियाँ रहेको प्रतिवेदन संस्थाले प्रस्तुत गरेको थियो ।
त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५ सयं ४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २ सयं ४१ रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिका स्थित लेलेमा १२ रोपनी १४ आन ३ पैसा कृषि परियोजनोको लागि जग्गा खरिद गरेको छ ।





















प्रतिक्रिया