Logo

सूचना र प्रबिधि

उपत्यकाका २ स्थानमा केवुलकार निर्माण हुँदै 



काठमाडौं उपत्यकाका  २ ठाउँमा केवलकार निर्माणका लागि दुई कम्पनीले उद्योग विभागमा आवेदन दिएका छन् । शतप्रतिशत स्वदेशी लगानीमा रहेका दुई कम्पनीले ललितपुरको फुलचोकी र नागार्जुनमा केवुलकार निर्माण गर्ने भएका छन् । 
फुलचोकी केवल कार प्रालिले निर्माण गर्ने भनिएको केवलकार ललितपुरको गोदावरीमा निर्माण हुनेछ । जसका लागि ६६ करोड रुपैयाँ लगानी लाग्ने बताइएको छ ।
कम्पनीले ११ लाख ३७ हजार ५ सय जना मानिसलाई सेवा दिने उल्लेख गरेको छ ।
त्यसैगरी नागार्जुनमा निर्माण हुने भनिएको केवलकार ‘भ्यू नागार्जुन केवलकार प्रालि’ कम्पनीका रुपमा रहनेछ । कम्पनीमा ६६ करोड रुपैयाँ लगानी लाग्नेछ भने ६८ जनाले जागिर पाउने उल्लेख गरिएको छ । कम्पनीले ११ लाख २० हजार जना मानिसलाई सेवा दिने लक्ष्य लिएको छ । यो केवलकारको माथिल्लो स्टेसन नागार्जुन नगरपालिका वडा नम्बर १ पाँचलमा रहनेछ भने तल्लो स्टेशन जाम्चीमा रहने उल्लेख गरिएको छ ।
अब यी कम्पनीहरुले सम्भाव्यता अध्ययन, डीपीआर गरी निर्माण शुरु गर्नेछन् ।

प्रकाशित : १३ आश्विन २०७७, मंगलबार