Logo

सम्पादकीय

कांग्रेसमा भातृ सङ्गठनको फितलोपन



सङ्गठन भन्नाले साझा उदेश्य लियर बृहत पुँजी लगानी गरि बस्तु तथा सेवाको उत्पादन-उपभोग तथा विभिन्न कला संस्कृतिको संरक्षण सम्बर्धनकोलागि स्थायि रूपमा वैधानिक मान्यता प्राप्त सामाजिक समूह हो । सङ्गठन व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने संस्था हो । मानिस आफू एक्लैले कुनै ठूलो उदृेश्य हाँसिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनको आवश्यक पर्दछ ।

एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरूले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरू सङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरूले साझा उद्देश्य प्राप्तिका लागि सङ्गठन स्थापना गर्छन् ; जसमा क्षमतानुसार सदस्यलाई कार्य विभाजन गर्ने , अख्तियार र उत्तरदायित्व हस्तान्तरण गर्ने, सूचना आदान प्रदान गर्ने र सदस्यहरूको कार्य बीच समन्वय गर्ने गरिन्छ ।

त्यसरी नै यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग बन्न पुगेका छन् । माउ पार्टी कांग्रेस शीर्ष नेताहरुले गुटगत स्वार्थले नेपाल विद्यार्थी संघको पटकपटक म्याद थप गर्दासमेत महाधिवेशन अनिश्चित बनेको छ भने नेपाल तरुण दल, नेपाल महिला संघसहितका संगठनहरुले अर्को महाधिवेशन गर्ने समय आउन लाग्दासमेत केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

कांग्रेस भातृसंगठन नेपाल तरुण दलले सरकारविरुद्ध सातै प्रदेशमा प्रर्दशन गर्ने निर्णय गरेको छ । कम्युनिस्ट नेतृत्व सरकार अभिनायकवादी चरित्र, भ्रष्टाचार, महँगी, मूल्य वृद्धि, वाइडबडी, निर्मला पन्त हत्यालगायत गैरकानुनी र अलोकतान्त्रिक रबैया बढ्दै गएको जनाउँदै तरुण दलले प्रदेश राजधानीमा विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरुले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए तर त्यसको कार्यान्वयन भने भएको देखिएन । यस मानेमा कांग्रेसको भातृ संगठन फितलो बनिसकेको पुष्टि रहन्छ । हुन पनि नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको एक प्रमुख भातृ संगठन हो तर नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको मेरुदण्डका साथै नेपाली कांग्रेसको रुखको जरो हो जसले पार्टीलाई बलियो बनाउन र अघि बढ्नमा धेरै सहयोग पुराउछ।

नेपाल विद्यार्थी संघ नेपाली कांग्रेसको विद्यार्थीको संगठन भएकाले नेबि संघको जिम्मेवार र महत्त्व पार्टीप्रती अरु भातृ संगठन भन्दा धेरै छ । त्यसकारण नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघलाई देशब्यापी रुपमा बलियो बनाउन धेरै आवश्यक छ । तर आवश्यकमात्र देखेर हुँदैन । यसका कार्यतालिका वा कार्यकर्ताले यसलाई मजबुद चाहिँ बनाउन अत्यावश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : १० बजे