Logo

प्रदेश

सिन्धुलीको भिमानमा अत्याधुनिक बसपार्क निर्माणकार्य धमाधम

आगामी असार मसान्त सम्ममा बसपार्क निर्माण सम्पन्न हुने



सिन्धुली । सिन्धुलीको भिमानमा निर्माणाधीन बसपार्क निर्माणको कार्य धमाधम भइरहेको छ। बिपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गमा गुड्ने सवारी साधनहरूलाई लक्षित गरी बागमती प्रदेश सरकारले भिमानमा बसपार्क निर्माण गरेको हो।

निर्माण सुरु भएको करिब १० महिनाको अवधिमा बसपार्क निर्माणको काम झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ।

२०७७ सालको फागुन २४ गतेबाट निर्माण सुरु भएको बसपार्क निर्माणको काम अहिलेसम्म सन्ताषजनक नै रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले बताए ।

बसपार्क निर्माण सम्पन्न भएपछि दुई सडकमा गुड्ने गाडी र स्थानीय सडकमा गुड्ने गाडीहरू पार्किङ गर्न सहज हुने प्रमुख घिमिरेको भनाय छ । बागमती प्रदेश सरकारको कुल ४ करोड १५ लाख लागतमा भिमानमा बसपार्क निर्माण भइरहेको उनले जानकारी दिए।

बागमती प्रदेशको ७ करोड २२ लाख बजेटमा ठेक्का प्रक्रियामा विकास एण्ड ब्रदर्श आत्रेय श्रीकृष्ण जेभीले ४ करोड १५ लाखमा बस पार्क निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ। निर्माणाधीन बसपार्कमा साना ठुला गरी एक सय सवारीसाधन अटाउने सक्ने क्षमता रहेको छ।

बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने हेङगर, यात्रु प्रतिक्षालय, टिकट काउण्टर सहितको ३ तलाको कार्यालय भवन, सवारी साधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण हुनेछ।

निर्माण कम्पनीले आगामी असार मसान्त सम्ममा बसपार्क निर्माण सम्पन्न गरी सक्नुपर्ने कार्यलय प्रमुख घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : माघ १, २०७८ शनिबार  १ : ०९ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।