Logo

कर्पोरेट फोकस

घट्यो फोन कलको शुल्क, अब ६६ पैसामै फोन गर्न सकिने



शनिबारदेखि मोबाइल फोन कलमा लाग्दै आएको शुल्क घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसअघि नै मोबाइल फोन सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन जारी गर्दै घटाउन निर्देशन दिएको थियो ।

गत कार्त्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिले बैठकले मोबाइल कलको शुल्क कम गर्ने कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको हो । बोर्डले पहिलो चरणमा आन्तरिक कलमा हुने अन्तरआवद्धता शुल्कको हकमा मात्रै यो व्यवस्था कार्यान्वयन गर्न सेवाप्रदायकलाई निर्देशन दिएको थियो ।

दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको प्राधिकरणको दिएको निर्देशन अनुसार मोबाइल फोन सेवाप्रदायक कम्पनीले शनिबार देखि शुल्क घटाएका हुन । यसअघिकोे तुलनामा शनिबारदेखि ४४ पैसा सस्तो भएको छ ।

यसअघि प्राधिकरणले २०७६ पुस महिनामा अन्तरआवद्धता निर्देशिका २०७६ जारी गरेको थियो । यसमा सेवाप्रदायकले हाल आफ्नो नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा अन्तरआवद्धता शुल्कबापत प्रति मिनेट ५४ पैसा थप लिँदै आएका छन् ।

प्राधिकरणको निर्देशिक अनुसार सेवाप्रदायक कम्पनीले ५४ पैसाबाट ४४ पैसा घटाएर अब प्रतिमिनेट १० पैसा कायम हुनेछ ।

हाल नेपाल टेलिकमको प्रिपेड सिमबाट अन्य नेटवर्कमा कल गर्दा प्रति मिनेट दुई रुपैयाँ लाग्छ भने पोस्टपेडबाट कल गर्दा एक रुपैयाँ ५० लाग्छ । नयाँ निर्देशिकाअनुसार प्रिपेडबाट प्रति मिनेट एक रुपैयाँ ६ पैसा र पोस्टपेडबाट ६६ पैसा मात्रै लाग्नेछ ।

त्यस्तै एनसेलबाट अन्य सेवाप्रदायकको नम्बरमा कल गर्दा हाल प्रति मिनेट कर बाहेक एक रुपैयाँ ९९ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ५५ पैसामा सीमित भएको छ ।

यस्तै, स्मार्टसेलबाट एनसेल र नेपाल टेलिकममा कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ९२ पैसा लाग्दै आएकोमा अब एक रुपैयाँ ४८ पैसामात्रै लाग्नेछ ।

प्रकाशित मिति : माघ २, २०७८ आईतबार  ७ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।