Logo

प्रमुख समाचार

जनताको आधारभूत आवश्यक्ता पूरा गरेका छौँ : मेयर ऐर



शुक्लाफाँट नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले स्थानीय सरकारको यो कार्यकालमा जनताको आधारभुत आवश्यक्ता पूरा गरेको बताएका छन् । आफू निर्वाचित भएर आएदेखि जनतालाई विकासको प्रतिफल दिन नगरपालिका प्रतिबद्ध भएको बताए । नगपालिकामा आवश्यक विभिन्न निति—नियम बनाएको भन्दै मेयर ऐरले सामाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास र विपद व्यवस्थापन पनि गरेको जानकारी दिए ।

पालिकाको स्रोत साधन, प्रदेश सरकार र केन्द्र सरकारबाट प्राप्त भएको बजेटको खर्च जनतालाई नै सर्वेसर्वा मानेर खर्च गरेको दावी गरे । जनताको आधारभुत, मौलिक र संवैधानीक आवश्यक्तालाई आफूहरूले परिपुर्ती गरेको उनँको भनाई छ ।

शुक्लाफाँट नगरपालिका जिल्लाको मध्यभागमा अबस्थित रहेको भन्दै अनलाईनपानासँगको कुराकानीमा उनले नगरपालिकामा विकासको धेरै योजनाहरू पूरा भएको भन्दै विकासले गति लिएको जानकारी दिए । जनताको आधारभुत आवश्यक्ताहरू शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, खेलकुद, पर्यटन यि पक्षहरूमा जनताले विकासको अनूभुति गरिसकेको भन्दै उहाँले कतिपय योजनाहरू निरन्तर भैरहेको मेयर ऐरको भनाई छ ।

नगरपालिकामा १२ वटा वडा कार्यलयहरू मध्य १० वटा वडा कार्यलयहरू बनिसकेको र २ वटा बन्दै गरेको जानकारी गराउँदै नगरपालिकाको भवन सम्पन्न हुन लागेको बताए । पालिकाको सबै वडाहरूमा सडक विस्तार भएको र कतिपय स्थानमा कालोपत्रे पनि गरेको भन्दै उहाँले आफ्नो कार्यकालमा नगरपालिकामा सडक पुल र झलुङ्गे पुल पनि बनाएको जानकारी दिए ।

शुक्लाफाँट नगरपालिकामा विकासको प्रक्रिया सुरू भएकोले यसलाई निरन्तर अगाडि बढाउन पर्नेमा मेयर ऐरले जोड दिए । नगर अस्पताल निर्माणधिन अवस्थामा, सबै वडाहरूमा स्वास्थ्य चौकी रहेको जानकारी दिँदै उनले स्वास्थ्यको क्षेत्रमा नगरले विशेष ध्यान दिएको जानकारी दिए । नगरमा स्वास्थ्या कर्मचारी र औषधिको पनि व्यावस्थापन राम्रो गरिएको बताए ।

नगरपालिकाले देशको कानुनको आधारमा विकास, सुशासन, पारदर्शिता र गतिशीलतालाई ध्यान दिएर यो कार्यकाल बिताएको भन्दै मेयर ऐरले पालिकामा आधुनिक कृषि प्रणालीलाई विकास गर्न किसानहरूसँग छलफल, माटो परिक्षण, कृषि औजार वितरण लगायतका कामहरू गरेको बताए ।

तेस्रो लहर प्रवेश गर्न नदिन तयारी अवस्थामा छौँ

शुक्लाफाँटा नगरपालिकामा कोरोना महामारीको तेस्रो लहर प्रवेश गर्न नदिन सबै खाले तयारी भएको छ । उनले भने “प्रवेश गर्न नदिने हाम्रो प्रथम कार्य हो यदि प्रवेश गरिहाल्यो भने पनि नियन्त्रण गर्न सबै खाले तयारी गरिसकेका छौँ ।”

कोरोना महामारीको नियन्त्रण गर्नका लागि कोभिड अस्पताल बनाएको जानकारी दिँदै मेयर ऐरले कोरोना संक्रमण भएका विरामीलाई औषधि उपचार, जनचेतना अभिवृद्धि गर्ने, क्वारेन्टाइनको व्यवस्थापन, कोरोना परिक्षण सबै कामहरू एकदम व्यवस्थित तरिकाले सकृय भएर गरियो । अहिले तेस्रो लहरको सम्भावित खतराको लागि आफुहरू पालिकामा एकदम सकृय भएर बसेको पनि उनले जानकारी दिए ।
क्वारेन्टाइन, आइसुलेशन, अस्पताल, औषधी, स्वास्थ्य कर्मचारी, एम्बुलेन्स सबैको व्यवस्था गरेर तयारी अवस्थामा रहेको उनको दावी छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार १६:२८   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।