Logo

अर्थ

साताको अन्तिम दिन आज नेप्से ३३ अंकले वृद्धि,कारोबार रकममा भने घट्यो



काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजारको परिसूचक नेप्से ३३ अंकले वृद्धि भई २९ सय ३१ अंकमा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । आज दिनभरमा जम्मा ५ अर्ब ७७ करोड मात्रको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो ।

आज बैंकिङ उपसमूह १ अंकले घटेको छ भने विकास बैंक १७२, फाइनान्स ७७, होटल तथा पर्यटन १८, जलविद्युत ७६, लगानी १, जीवन बीमा ४६२, उत्पादन ३१, लघुवित्त ६०, निर्जीवन बीमा २६९, अन्य ११ र व्यापार उपसमूह ४४ अंकले बढेका छन। आज १६० कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको घटेको छ भने ५ को स्थिर रहेको छ ।

यस्तै, मध्यभोटेकोसी जलविद्युत आयोजना, तेह्रथुम पावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । मूल्यवृद्धिपछि मध्यभोटेकोसीको प्रतिकित्ता ५५०, तेह्रथुमको ६३५ दशमलव ८० र बुद्धभूमिको ३१६ दशमलव ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १५:४६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।