काठमाडौँ । साताको अन्तिम दिन आज सेयर बजारको परिसूचक नेप्से ३३ अंकले वृद्धि भई २९ सय ३१ अंकमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । आज दिनभरमा जम्मा ५ अर्ब ७७ करोड मात्रको कारोबार भएको छ । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो ।
आज बैंकिङ उपसमूह १ अंकले घटेको छ भने विकास बैंक १७२, फाइनान्स ७७, होटल तथा पर्यटन १८, जलविद्युत ७६, लगानी १, जीवन बीमा ४६२, उत्पादन ३१, लघुवित्त ६०, निर्जीवन बीमा २६९, अन्य ११ र व्यापार उपसमूह ४४ अंकले बढेका छन। आज १६० कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको घटेको छ भने ५ को स्थिर रहेको छ ।
यस्तै, मध्यभोटेकोसी जलविद्युत आयोजना, तेह्रथुम पावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । मूल्यवृद्धिपछि मध्यभोटेकोसीको प्रतिकित्ता ५५०, तेह्रथुमको ६३५ दशमलव ८० र बुद्धभूमिको ३१६ दशमलव ५० रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया