Logo

रोजगार

लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित



लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । देशभर कोरोना संक्रमण दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरु पनि धमाधम संक्रमित हुन थालेपछि आयोगले सूचना प्रकाशित गरी परीक्षा स्थगित गरेको जानकारी गराएको हो ।

यही माघ ११ गतेदेखि उपसचिवको परीक्षा हुने भनिएको थियो। केही संगठित संस्थाका परीक्षाहरु पनि माघमै गर्ने कार्यक्रम थियो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १७:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।