काठमाण्डाैँ । काेराेना माहामारीका कारण सम्पूर्ण परीक्षाहरु स्थगित भएका छन् ।
तर यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आगामी वैशाखमा सञ्चालन हुने भएको छ । यस अघि एसईई परीक्षा खारे्ज गर्नु पर्ने व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले धारणा राखेकाे थियाे । त्यसैले माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नभएकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने चन्ने कुराले निकै चिन्तित भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।
एईई परीक्षा आगामी बैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए। परीक्षाका विषयलाई लिएर तनाव हनु पर्दैन, परीक्षा हुन्छ । शर्माले भने; विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।”
















प्रतिक्रिया