सामसङ विश्वको ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको छ । एप्पललाई पछि पार्दै सामसङ पुनः विश्वको ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको हो । चिनियाँ स्मार्टफोन निर्माता साओमी तेस्रो स्थानमा रहेको छ।
रिसर्च फर्म क्यानालिसकाअनुसार चालु वर्ष २०२१ को पहिलो त्रैमासमा दक्षिण कोरियाली ब्राण्ड सामसङले सात करोड ६५ लाख थान स्मार्टफोन सिपिङ गरेर मार्केट सेयर २२ प्रतिशत पुर्याएको छ। अमेरिकी ब्राण्ड एप्पलले भने पाँच करोड २४ लाख थान आइफोन सिपिङ गरेको जनाएको छ। सामसङले बढी मात्रामा स्मार्टफोन सिपिङ गर्दा एप्पलको मार्केट सेयर १५ प्रतिशतमा खुम्चिएको छ।
एप्पलको आइफोन १२ भन्दा सामसङको ग्यालेक्सी एस २१ स्मार्टफोन सिरिज लोकप्रिय बनेपछि एप्पल पछि परेको बताइएको छ।
यस्तै, चिनियाँ ब्राण्ड साओमीको स्मार्टफोन सिपमेन्ट ६२ प्रतिशतले बढेर चार लाख ९० लाख थान पुगेको छ। साओमीको मार्केट सेयर १४५ रहेको बताइएको छ।
२०२१ को पहिलो त्रैमासमा विश्वभर स्मार्टफोनको बिक्री २७ प्रतिशतले बढ्दै ३४ करोड ७० लाख थान पुगेको छ।
कुनै समय पहिलो नम्बरमा रहेको चिनियाँ ब्राण्ड हुवावे सातौं स्थानमा झरेको छ। अमेरिकालगायतका देशहरुको प्रतिबन्धका कारण हुवावे निरन्तर ओरालो लाग्दै गएको छ। हुवावेले गत वर्ष एक करोड ८६ लाख थान अनर ब्राण्ड बिक्री गरेको थियो। मार्च २०२१ मा ओप्पो, भिभो लगायतका ब्राण्डको सिपमेन्ट पनि बढेको क्यानालिसले जनाएको छ।





















प्रतिक्रिया