Logo

सुदुरपश्चिम प्रदेश

सम्झना कामीका हत्या आरोपी सार्वजनिक



बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झना को हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलन  गरि सार्वजनिक गरेको हो । 

७ असोजमा मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया  सम्झना कामीका बलात्कारपछि हत्या भएको थियो । गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी  सम्झना को शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको थियो ।

साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी नाम परिवर्तित १३ वर्षीया बालिका डि कुमारी दमाईलाई जबरजस्ती करणीको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।  आरोपित बोहरा अनुसन्धान कै क्रममा  भएकोले निजले गरेको बयान सार्वजनिक  प्रहरिले गरेन ।  प्र

हरीको बयानसङ्ग बोहराले आरोप स्विकारेको अवस्था  के कस्तो छ  , भन्ने   पत्रकारको जवाफमा  प्रहरिले सबै कुरा सार्वजनिक नगरिने बताएकाे छ ।

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  १० : ३६ बजे