Logo

सूचना/प्रविधि

वैदेशिक रोजगार विभाग ताहाचलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै श्रम स्वीकृति सेवा बन्द



विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण पछिल्लो समय फन्ट लाइनमा रहने व्यक्तिहरु मात्रै नभएर सर्वसाधरण समेत संक्रमित बन्दै गइरहेका छन् ।

राजधानी काठमाडौं उपत्याकामा तिब्र रुपमा फैलिरहेको छ ।  वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालययमा कार्यरत कर्मचारीहरुलाई कोरोना पुष्टि भएसँगै श्रमसेवा स्वीकृत बन्द भएको छ । श्रम स्वीकृत सेवा बन्द भएसँगै विदेश जान लागेकाहरु सेवाबाट बन्चि हुनु परेको छ ।सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि दैनिक एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिने गरेका थिए ।

सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । 

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  ११ : ०१ बजे