काठमाण्डाैं । एन आई सी एशिया बैंकले २०७८ कार्तिक १ देखि सर्व श्रेष्ठ बचत खातामा ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्राहकहरू को अत्यन्त उत्साहजनक रहेको जनाएको छ ।
उक्त योजनामा सहभागीता हुने कर्मचारीहरू लगायत सबै सरोकारवालाहरूप्रति बैंकले आभार तथा कृतज्ञता व्यक्त गरेको छ । देशको दुरदराजमा रहेका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैकको दावी गरेको छ ।
बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेको बैकले जनाएको छ ।
यसै अनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्ने भएको छ ।
बचत खातामै रू. ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।
साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।
बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।
सर्वश्रेष्ठ फाईदाहरू तालिकामा देखाइएको छ:
| क्र.सं. | विवरण | फाईदा |
| १ | डेबिट कार्ड | पाँच वर्षको लागि निःशुल्क |
| २ | मोबाइल बैंकिङ्ग | पाँच वर्षको लागि निःशुल्क |
| ३ | इन्टरनेट बैंकिङ्ग | पाँच वर्षको लागि निःशुल्क |
| ४ | वार्षिक क्रेडिट कार्ड शुल्क | पाँच वर्षको लागि निःशुल्क |
| ५ | क्रेडिट कार्ड सीमा | अधिकतम रू. ५ लाखसम्म |
| ६ | क्रेडिट कार्ड जारी शुल्क | निःशुल्क |
| ७ | क्रेडिट कार्ड वार्षिक शुल्क | निःशुल्क |
| ८ | प्रिपेड डलर कार्ड | पाँच वर्षको लागि निःशुल्क |
| ९ | डिम्याट खाता एवं मेरो शेयर शुल्क | पाँच वर्षको लागि निःशुल्क |
| १० | चेक क्लियरिङ | पाँच वर्षको लागि निःशुल्क |
| ११ | RTGS | पाँच वर्षको लागि निःशुल्क |
| १२ | IPS/CPS/Fund Transfer | पाँच वर्षको लागि निःशुल्क |
| १३ | लकर दस्तुर/लकर मार्जिन | पाँच वर्षको लागि निःशुल्क /१०० प्रतिशत मिनाहा |
| १४ | Portfolio Management सेवा शुल्क | पाँच वर्षको लागि ५० प्रतिशत छुट |
| १५ | ई–कमर्श | निःशुल्क सुचारु एवं पाँच वर्षको लागि निःशुल्क |
| १६ | स्विप इन–स्विप आउट सुविधा | खातामा रू. २ लाख भन्दा बढी रकम भएमा उक्त बढी रकमलाई १० हजारले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ र सो रकममा मुद्दती निक्षेप अनुसारकै ब्याजदर प्राप्त हुनेछ । |
| १७ | एटीएम शुल्क | देशभरका कुनै पनि बैंकका एटीएमबाट रकम झिक्न र मौज्दात जाँच्न पाँच वर्षको लागि निःशुल्क |
| १८ | विदेशी मुद्रा (USD, GBP, EUR, CAD र AUD) सटही | २५ पैसा Premium वा Rebate |





















प्रतिक्रिया