Logo

अनलाइनपाना खोज

हाम्रो पात्रोमा भेटिने डाक्टरहरू



उपचार नपाएर आफ्नो मृत्युवरण गर्ने समय त्यसबेला थियो जुनबेला वैद्यहरू आमजनताको पहुँचमा थिएनन् । रोग त मानवको सुरुवातबाट नै उत्पति भएको इतिहास हामीलाई विदतै भएको कुरा हो । हामीले रोग पत्ता लगाउँदा उपचार पनि हुन्छ भन्ने कुरा चाहिँ चटक्कै भुलेका थियौँ । हुन त हिप्पोग्रेट्सलाई संसारकै पहिलो ग्रिक फिजिसियन भनेर चिन्ने गरिन्छ ।

जीवनको माया सबैलाई हुन्छ । मलाई जीवनप्रति प्रेम छ भनेर कसैले भन्यो भने यति त बुझ्नुपर्छ कि उसलाई यस धरतीमा अझै बाँच्ने रहर छ । मान्छेले आफूलाई अझै बाँच्ने रहर भएपछि संसारमा अझै बाँच्न सकिने कुरामाथि खोज र अनुसन्धान गर्दछ । त्यसैको उपज औषधि हो र त्यसैको उदाहरण चिकित्सक हुन् ।

कुनै जमाना थियो मान्छेहरू डाक्टर नपाएर मृत्युको यात्रामा लीन हुने गर्दथे । अहिले झट्ट सम्झदा त्यो अवस्था नै त छैन तर डाक्टरको पहुँजभन्दा टाढा हुनेलाई भने समस्या यथावत नै रहेको भने प्रष्ट रहेको छ ।

एक समय महामारीले विकराल रुप लियो । त्यो रुपको झंकार अझै पनि रहेको छ । पहिलो लकडाउनमा मान्छेले आफूलाई बाँच्न प्रेरित गरे र बिस्तारै मान्छेले आफूलाई समयसँगै चित्रित गर्न सुरु गरे । आफूलाई लागेको वा देखिएको कुरा डाक्टरसँग भौतिक रुपमा उपस्थित भएर सहजीकरण गर्ने अवस्था थिएन । त्यो बेला नेपालको प्रख्यात एप “हाम्रो पात्राले” डाक्टरसँग सहजीकरण गर्ने अवस्था सृजना गरेको थियो ।

डाक्टरसँग हाम्रो पात्रो

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढी कलहरू सम्पन्न भएको जनाएको छ । तीन महिनाअघि मात्र डाक्टरलाई कल गर्न सकिने यो सुविधा प्रयोगकर्ताहरूमाझ लिएर आएको हाम्रो पात्रोमा ५० भन्दा धेरै विशेषज्ञ डाक्टरहरू उपलब्ध रहेको जानकारी हाम्रो पात्रोले दिएको हो ।

आफ्नो स्वास्थ्य समस्याअनुसारको आवश्यक परामर्श घरमै बसेर सजिलै लिन मिल्ने अनि विशेषज्ञ डाक्टर खोज्दै अस्पताल जान नपर्ने भएपछि प्रयोगकर्ताहरूले छोटो समयमै यो सुविधालाई माया दिएको हाम्रो पात्रोले जनाएको छ । यसरी ५०० कल पूरा हुँदा बालरोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्रीरोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ । सर्वाधिक कल भने भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै आएको देखिन्छ ।

यो विशेष अवसरमा हाम्रो पात्रो, इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गरेका छन्, ‘यति छोटो समयमा प्रयोगकर्ताहरूले हामीलाई देखाउनुभएको विश्वास सराहनीय छ । म सम्पूर्ण प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार व्यक्त गर्दछु । उहाँहरूको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषताहरू थप्न हामीलाई थप हौसला प्राप्त भएको छ । हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई आवश्यक हुँदा घरबाटै कम शुल्कमा विज्ञ डाक्टरको परामर्श दिनु हो ।’

स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सीमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुने विश्वास गरिएको छ ।

त्यसबाहेक प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमा नै अप्वाइटमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै सञ्चालनमा आउँने हाम्रो पात्रोले जनाएको छ । प्रयोगकर्ताहरुले स्वास्थ्यसँग सम्बन्धित कुनै पनि विषयमा छलफल गर्न ‘हेल्थ फोरम’ र घरमै बसी ल्याब टेस्ट अनि औषधि अर्डर गर्न मिल्ने सुविधा पनि हाम्रो पात्रो हेल्थमा चाँडै नै प्रयोगकर्ताहरुले पाउने उप्रेतीले जानकारी दिए ।

टेलीहेल्थ सेवा शुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरिरहेको छ । जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट मात्र रु २०० मा विज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन् ।

त्यसैगरी यसले २०७७ बैशाखमा श्रव्य दृश्य मार्फत चिकित्सकहरूसँग परामर्श लिन एनसेल चिकित्सकलाई सम्पर्क गर्नुहोस् नामक सेवा सञ्चालन गरेर आम जनतालाई सेवा प्रदान गरेको थियो ।

नेपाल चिकित्सक सङ्घ र एनसेलसँग सहकार्यमा घरमै बसी कोरोना विषाणु सम्बन्धी स्वास्थ्य सल्लाह तथा सुझाव आदनप्रदान गर्न यो सेवा सुरु गरिएको थियो कुरा सम्पादक सुदिना गौतम बताउँछिन् । साथै हाम्रो पात्रोले चिकित्सकसँग परामर्श लिनको लागि समेत हाम्रो स्वास्थ्य अन्तर्गत काम गर्दै आएको कुरा गौतम थप्छिन् । सुरुका दिनमा एनसेलसँगको सहकार्यमा निःशुल्क सेवा थियो भने अहिलेको अवस्थामा सेवाग्राहीले न्यूनतम शुल्क बुझाउनुपर्ने सम्पादकको भनाई छ ।

हाम्रो पात्रोभित्र

पात्रो मात्रै देखाउने यस एप्लिकेशनमा हालसम्म धेरै सुविधाहरू थप गरिएको छ । हाल ‘हाम्रो पात्रो’ मा मिति रूपान्तरक, राशिफल, अनलाइन ज्योतिष कुण्डली, विदेशी विनियम दर, नेपाली अङ्ग्रेजी शब्दकोश, तरकारीको दर, सुनचाँदीको भाउ पनि रहेको छ । यसले नेपाली अङ्ग्रेजी शब्दकोशको नयाँ संस्करण पनि जारी गरेको छ । यसभन्दा अगाडि हाम्रो पात्रोले नेपाल लोडसेडिङ तालिका पनि सेवामा समावेश गरेको थियो तथापि, नेपाललाई लोडसेडिङ मुक्त घोषण गरेसँगै यसले उक्ति सुविधा हटाएको थियो । यसका अतिरिक्त यसले ८५ वटा समाचार वेबसाइट, ५०० भन्दा बढी रेडियोहरूसँग पनि सहकार्य गरेको छ ।

हाम्रो पात्रोमा कुन चार्ड वा दिवस कहिले पर्छ किन मनाइन्छ र कसरी मनाइन्छ भन्ने बारेमा विस्तृत जानकारी समावेश गरिएको छ । कुन चाड वा दिवस कति दिन पछि पर्छ भन्ने बारेमा पनि यसले जानकारी प्रस्तुत गर्दछ । विभिन्न चाडपर्व, महत्त्वपूर्ण मितिहरूको बारेमा विस्तृत जानकारी हाँसिल गर्न मिल्ने सुविधा यसमा समावेश भएको छ ।

भोलि घाम लाग्छ कि लाग्दैन वा पानी पो पर्ने हो कि भनेर टाउको उठाएर आकाश हेर्नुपदैन । बरु टाउको निहुराएर मोबाइलमा हाम्रो पात्रो हेरे पुग्छ किनकि हाम्रो पात्रोसँग नेपाल अधिराज्यका १५ हजार सहर समेटिएका छन् जहाँ मौसमको जानकारी दिइन्छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आईतवार १७:००   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।