एप्पल कम्पनीले आगामी अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने भएको छ । सेप्टेम्बर महिनामा नयाँ आइफोन सार्वजनिक नगरेको एप्पलले अक्टोबर १३ मा आइफोन १२ संस्करण सार्वजनिक गर्ने समाचारहरु सार्वजनिक भएका छन् । एप्पल इनसाइडरका अनुसार आइफोन १२ को प्रिअर्डर १६ अक्टोबरदेखि सुरु हुनेछ । नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्ने बताइएको छ ।
अहिले एप्पल कम्पनीले आइफोन १२ को उत्पादन तीव्र गतिमा जारी राखेको छ । रिपोर्टका अनुसार एप्पलको आइफोन उत्पादन गर्ने ताइवानस्थित फक्सकन कम्पनीको कारखानामा आइफोन १२ बनाउन मजदुरहरु २४ सै घण्टा खटिइरहेका छन् ।
आइफोनको कारखानामा मजदुरहरुलाई विदा समेत दिइएको छैन । सबै कर्मचारीलाई अनिवार्य रुपमा अतिरिक्त समयमा काम गराइएको छ । फक्सकन कम्पनीले मजदुरहरुलाई देशव्यापी विदाको दिनहरुमा समेत विदा नदिई काममा लगाएको छ । कम्पनीले कामदारहरुलाई बोनस, भत्ता तथा अन्य विभिन्न खाले नगद प्रोत्साहन समेत उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया