अब कार्जे डटकमको मोबाइल एप्सबाट पण्डित, धार्मिक पुस्तक,पुजा सामग्री र आवश्यकता अनुसार मुर्तीहरु अर्डर गर्न मिल्ने भएको छ ।
स्वदेश तथा विदेश छरिएर रहनु भएका सनातन हिन्दु धर्मावलम्बीहरुको आजको आवश्यकतालाई मध्यनजर गर्दै यो मोबाइल एप्स सेवा शुरु भएको हो ।
विश्व महामारी ग्रस्त भएको बेला अनिवार्य गर्नु पर्ने कर्मकाण्ड तथा पुजा सामग्रीहरु ग्राहकलाई सहज र सुलभ माध्यमबाट उपलब्ध गराउने प्रमुख लक्ष्य राख्दै विगत एक बर्ष देखि सर्भिस दिदै आएको छ । कार्जे डटकमले हालको परिस्थितिमा धेरैले भोग्नु परेको अभावलाई मध्यनजर गर्दै सेवा अझ विस्तृत बनाएको छ। अब प्ले स्टोरमा गएर कार्जे डटकमको एप्स डाउनलोड गरी सुरक्षित साथ घरमै बसेर तपाईले पण्डित र पूजा सामग्री अर्डर गर्न सक्नुहुनेछ ।
यो एप्स मार्फत् अब घरमै बसेर जन्मदेखि मृत्युसम्मका सम्पूर्ण पूजा सामाग्रीहरु, आवश्यक व्राह्मण तथा पण्डितहरुको अर्डर, ग्राहकको अनुकूल हेरि अफलाइन तथा अनलाइनबाट कर्मकाण्ड गराउनुका साथै ज्योतिष बास्तु सम्बन्धि सम्पूर्ण जिज्ञासाको समाधान गर्न सकिने र ज्योतीषिय चिना टिप्पनहरु बनाउनको लागि अर्डर गर्न सकिने संस्थापक अध्यक्ष गुरु भण्डारीले बताए ।
उनले भने, ‘यो एप्सबाट नेपालभर मात्र नभइ विश्वभरि छरिएर रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुलाई सहयोग पुग्नेछ, यसैलाई मध्यनजर गरेर हामीले यो एप्स सञ्चालनमा ल्याएका हौँ, यो सेवा लिनका लागि गुगलमा गएर ‘कार्जे डटकम’ सर्च गर्ने वा मोबाइल एप्स डाउनलोड गरि लग इन गरि अर्डर गर्न सकिनेछ ।





















प्रतिक्रिया