Logo

प्रमुख समाचार

युद्धको लागि भाडाका सेना रुसले भर्ना गर्दै



रुसले युक्रेनमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाबाट भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको छ । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले रुसले सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको जनाएको छ ।

युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुने तयारी भएका छन् भन्नेबारे भने अमेरिकी अधिकारीहरूले कुनै जानकारी नदिएको समाचारमा जनाइएको छ । तर कतिपय भाडाका लडाकु रुस पुगिसकेका र युक्रेनमा खटिने तयारीमा रहेको दाबी गरिएको छ ।

सिरियामा एक दशकभन्दा लामो समय चलेको युद्धका कारण त्यहाँका मानिसमा युद्ध लड्ने अनुभव राम्रो भएकोले उनीहरूको प्रयोग गर्ने नीति रुसले लिएको बताइएको छ । युक्रेनका शहर कब्जा गर्न यस्ता लडाकुले रुसलाई मद्दत गर्न सक्ने रुसी अधिकारीहरूको आकलन छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ११:२०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।