Logo

समाचार

युद्धविरोधी प्रदर्शनकारी पक्राउ



रुसमा युद्धविरोधी प्रदर्शन गर्ने १३ हजार भन्दा धेरै मानिसहरू पक्राउ परेका छन् । 

रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार  आइतबार मात्रै ४ हजार ६ सय ३१ जना युद्धविरोधी प्रदर्शनकारीहरू पक्राउ परेका छन् । 

रुसले युक्रेनमाथि अतिक्रमण गरेयता युद्धविरोधी प्रदर्शनमा सहभागी भएर पक्राउ पर्ने मानिसको संख्या १३ हजार २८ पुगेको ओभीडीले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि त्यसको निन्दा गर्दै शान्ति कायम गर्न माग राखेर विश्वभर प्रदर्शनहरू भइरहेका छन् । रुसभित्रै पनि सरकारी कदमलाई लिएर विशाल प्रदर्शनहरू भइरहेका छन् । 

रुसले भने युक्रेनमा आक्रमण जारी राखेको छ । अस्थायी युद्धविराम घोषणा गरे पनि दुई देशका सेनाबीच भीषण संघर्ष चलिरहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ११:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।