काठमाडौँ । नेपाल टेलिकमले फ्रन्टलाइनमा खटिएका स्वस्थ्यकर्मीहरुलाई एक महिना निःशुल्क कलको सुविधा दिने भएको छ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरहरूलाई उक्त सुविधा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।
उक्त सुविधाका लागि फर्म भर्न टेलिकमले अनुरोध गरेको छ । नेपाल टेलिकमकै मोबाइल नम्बर र सम्बन्धित चिकित्सककै नाममा दर्ता भएको नम्बरमा मात्र उक्त सुविधा उपलब्ध हुने नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ ।






















प्रतिक्रिया