Logo

अनलाइनपाना खोज

एन आई सी एशिया सर्वश्रेष्ठ तलब बचत खाता, उच्चतम् ब्याजसँगै कर्जा र बीमा सुविधा



विगत केही वर्षयता पुँजी, वित्तीय विवरण, शाखा तथा एटिएम सञ्जाल लगायतका आधारमा देशकै अग्रणी बैंकको पहिचान बनाउन सफल एन आई सी एशिया बैंकले बचत खातामा विभिन्न नयाँ योजनाहरू ल्याउँदै आएको छ । यसै सिलसिलामा ग्राहकहरूलाई बचत खातामार्फत धेरै भन्दा धेरै फाइदा दिने उद्देश्यका साथ बैंकले सर्वश्रेष्ठ तलव बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस खाता खोल्ने ग्राहक तथा कम्पनी दुवैलाई बचतमा दिइने ब्याजका साथै कर्जा सुविधा र बीमा सुविधाका कारण एउटा सुनौलो अवसर प्रदान गर्ने र वार्षिक ८.०३ प्रतिशत ब्याज आम्दानी हासिल गर्न सकिने बैंकको भनाइ छ । बैंकले सार्वजनिक गरेको सर्वश्रेष्ठ तलब खाता तीन भिन्न श्रेणीहरूमा उपलब्ध छ । जुन विविध प्रकारका संस्थाहरूको आ–आफ्नो विशिष्ट आवश्यकताहरू परिपूर्ति गर्नका लागि डिजाइन गरिएको हो ।

सर्वश्रेष्ठ तलब बचत खाताको विशेषता

यो योजना अन्तर्गत ३ वटा भेरियन्टहरू रहेका छन् । जसमध्ये पहिलो एन आई सी एशिया गुडविल एम्बेसडर बचत खाता हो । यी तिनै वटा खातामा न्यूनतम् शून्य मौज्दातमा वार्षिक ८.०३ प्रतिशत ब्याजदर दिइनेछ । त्यस्तै यो खाताको मुख्य विशेषता तलबको आधारमा लाखौं लाखसम्म कर्जा लिन पाइनेछ । यस्तै आफूले रोजगारी गरेको संस्थाबाट निरन्तर तलब खातामा जम्मा भएको आधारमा गणना गरेर लाखौंसम्मको कर्जा लिन पाइने व्यवस्था गरिएको बैंकको दाबी छ ।

सर्वश्रेष्ठ बचत खाताको पूर्वस्वीकृत कर्जा अन्तर्गत आफ्नो बचत खाताको ३ महिनाको औषत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जाको सुविधा ०.२५ प्रतिशत कर्जा प्रशासनिक शुल्क तथा बेस रेटमा मात्र थप १ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त गर्न सकिनेछ । जसअनुसार ३ महिनाको बचत खाताको औषत मौज्दात रकममा यस किसिमको कर्जा उपलब्ध हुने व्यवस्था नेपालको बैंकिङ क्षेत्रमै नौलो एवम् पहिलो पटक गरेको बैंकको दाबी छ । उच्च ब्याजदरसँगै यो बचत खातामा ८४ लाखसम्मका तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश रहेका छन् । जुन एक पटक खाता खोलेपछि पाँच वर्षको लागि निःशुल्क रहेका छन् ।

कुन खातामा कस्ता फाइदा ?

१. एन आई सी एशिया ‘द गुडविल एम्बेसडर’ सर्वश्रेष्ठ तलब बचत खाता

न्यूनतम शुन्य मौज्दातमा वार्षिक ८.०३ प्रतिशत ब्याजमा खोल्न सकिने यो खाता खोल्न आवश्यक कर्मचारी संख्या ५० वा सो भन्दा माथि चाहिने छ । बीमा सुविधा अन्तर्गत गुडविल एम्बेसडर तलब खाता हुने कर्मचारीले आफु एवं आफुले सिफारिस गरेका ३ व्यक्ति गरी चार जना बराबरको ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोक बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा पाउनेछन् ।

यो बीमा फाइदा पाँच वर्षसम्म उपलब्ध हुनेछ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने छन् ।त्यस्तै सम्पत्ति अभिवृद्धि सुविधा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डीम्याट खाता र मेरो सेयर, पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाउनेछन् । कर्जा सुविधामा खातावालाले पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाकोे औषत मौज्दातको १० गुणासम्म पाइनेछ भने ५ वर्षसम्म निःशुल्क लकर सुविधा, डेबिट कार्ड, मोबाइल बैंकिङ लगायतका फाइदा पाउनेछन् ।

२. ‘द प्राईड अफ एन आई सी एशिया’ सर्वश्रेष्ठ तलब बचत खाता

न्यूनतम शुन्य मौज्दातमा वार्षिक ८.०३ प्रतिशत ब्याज दिइने यो खाता खोल्नको लागि ५ देखि ४९ जना कर्मचारी आवश्यक हुनेछ । त्यस्तै यो खाता खोल्ने खातावालाले बीमा सुविधा अन्तर्गत ग्राहकले र ग्राहकले तोकेको अतिरिक्त १ जनाले बीमा फाइदा पाउने छन् । यो खाता खोलेको ५ वर्षसम्म निःशुल्क बीमा फाइदा उपलब्ध हुनेछ । जस्मा २० लाखसम्म दुर्घटना बीमा, २० लाखसम्म घातक रोग बीमा, २ लाखसम्म औषधि उपचार बीमा फाइदा छ । यसअन्तर्गत ओपीडीमा ४० हजार रुपैयाँ र हस्पिटलाइज्ड हुनुपरेमा १ लाख ६० हजारसम्मको बीमावापत भुक्तानी गरिन्छ ।

सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डीम्याट खाता र मेरो सेयर निःशुल्क र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट पाउनेछन् भने कर्जा सम्बन्धि फाइदाहरूमा पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औषत मौज्दातको १० गुणासम्म झिक्न सक्नेछन् ।त्यस्तै ५ वर्षसम्म निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको सुविधा पनि पाउनेछन् ।

३. ‘द पार्टनर अफ एनआईसी एशिया बैंक’ सर्वश्रेष्ठ तलब बचत खाता

अन्य दुई बचत जस्तै न्यूनतम शुन्य मौज्दातमै खोल्न सकिने वार्षिक ८.०३ प्रतिशत ब्याज तोकिएको यो खाता ५ भन्दा कम कर्मचारी भएका कम्पनीले पनि खोल्न सक्नेछन् । यो प्रडक्ट लिएका खातावालाले बीमा फाइदाहरू मा ५ वर्षसम्म १० लाखसम्म दुर्घटना बीमा, १० लाखसम्म घातक रोग बीमा र १ लाखसम्म औषधि उपचार बीमा सुविधा पाउनेछन् । त्यसमध्ये ओपीडीमा २० हजार र हस्पिटल भरना हुनुपरेमा ८० हजारसम्मको बीमाले व्यहोर्ने व्यवस्था हुनेछ ।

सम्पत्ति अभिवृद्धि फाइदा अन्तर्गत ५ वर्षको लागि निःशुल्क डीम्याट खाता निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सुविधा रहेको छ ।साथमा निः शुल्क मेरो सेयर र पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क ५ वर्षको लागि ५० प्रतिशतसम्म छुट हुनेछ । त्यस्तै कर्जा सुविधामा पूर्व स्वीकृत कर्जा सीमा ३ महिनाको औषत मौज्दातको १० गुणासम्म पाइने छ ।

बैंकले ग्राहक र बढ्दो व्यवसायिक आवश्यकतालाई गहन अध्ययन विश्लेषण गरेर यो योजना अघि सारेको जनाएको छ । नयाँ बचत योजनाले ग्राहक र कम्पनी दुवैको दैनिकी र व्यवसायीकतामा थप उर्जा भर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १०:४७   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।