Logo

अर्थ

सुनको मूल्य ९९ हजार आठ सय रुपैयाँ



 सुनको भाउ शुक्रबार स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएकाे छ ।

  यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो ।
 
शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।
 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।