Logo

आजको तस्बिर

सफा काठमाडौं, फोहोर वाग्मती (फोटो फिचर)



कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण अहिले मानिसहरु आवतजावत कम छ भने गाडीहरु पनि खासै गुडेका छैनन् । जसका कारण धुवाँधुलो कम भएर वातावरण सफा हुन थालेको छ ।

मुलुक कोरोनाले आक्रान्त बने पनि संघीय राजधानी काठमाडौंको वातावरण निकै सुन्दर देखिएको छ । वसन्त ऋतुमा फुलेका फूलहरुले काठमाडौंको सुन्दरता त झनै मनमोहक बनाएको छ ।

अहिले अत्यावशक कामका लागि बाहिर निस्किने मानिसहरुका लागि काठमाडौं कुनै विकसित मुलुकको सहरभन्दा कम छैन । काठमाडौं सहरमा अहिले घुम्दा निकै आनन्द महसुस हुन्छ । काठमाडौं सहरको सुन्दरता कैद गर्दै हिँडिरहेको अनलाइनपानाकर्मी राज पौडेलको लेन्सले धार्मिक महत्व बोकेको वाग्मतीमा फोहोरमा पनि परेको छ ।

बाह्य वातावरणीय सुन्दरतालाई वाग्मतीको फोहोरले यहाँको यथार्थलाई प्रष्ट पारेको छ । कोरोना भाइरसका कारण देशका सबै गतिविधि ठप्प हुँदा जती सौन्दर्यको कुरा गरेपनि वाग्मती खोलाको दृश्यले जीउ नै सिरिङ्ग पार्ने यर्थाथलाई बिउँझाउँछ । काठमाडौंको सौन्दर्यता क्षणिक निषेधाज्ञाको समयका लागि मात्र भए पनि वाग्मतीको कुरुपता हाम्रो कटु यर्थाथ हो । राजधानी सहर काठमाडौंको राजधानीको मुटुमा रहेको वाग्मती किनारका केही दृश्यहरु :

ktm7.jpg

bagmati 2.jpg

ktm3.jpg

bagmati 5.jpg

ktm2.jpg

bagmati 4.jpg

ktm6.jpg

bagmati 3.jpg

ktm1.jpg

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।