कोरोना संक्रमितको संख्या बढेसंगै दक्षिण कोरियामा अधिंकाश नेपाली प्रभावित बनेका छन् । अत्यन्त संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको कारण दक्षिण कोरियामा संक्रमण बढेको हो। कोरियाको कुल जनसंख्याको २० प्रतिशत अर्थात १ करोेडभन्दा बढी संक्रमित भएको पछिल्लो तथ्याकं छ ।
अध्ययन तथा विभिन्न क्षेत्रमा कार्यरत झण्डै ५० हजार नेपालीमध्ये धेरै कोरोनाबाट प्रभाविन बनेको नेपाली एकता समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष विदुर शर्माले जानकारी दिए ।
‘म आफैपनि आज‐बिहिबारै० मात्रै संक्रमण मुक्त भएको छु,’ टेलिफोन कुराकानीमा शर्माले भने, ‘संक्रमित भएपनि डराउनु पर्ने अवस्था भने छैन ।’
हल्का ज्वरो आउने, सिंगान बग्ने लगायतका लक्षण भएपनि अन्य जोखिम भने नरहेको उनले अनुभव सुनाए। ‘मैले चिनेका मध्ये ९० प्रतिशत भन्दा बढीलाई संक्रमण भएको छ, तर कोही पनि नेपालीको मृत्यूको खवर सुनेको छैन,’ उनले भने, ‘यसले यहाँ बस्ने नेपाली संगै नेपालमा बस्नेलाई पनि राहत दिएको छ ।’
उनी कार्यरत कंपनीमामात्र ९० प्रतिशतलाई संक्रमण भएको शर्माले सुनाए । ‘थुप्रैले चेक गराएका छैनन, काममै आएका छन,’ उनी थप्छन, ‘सरकारी निकायमा चेक गराए, एक साता आराम गर्नु पर्ने नियम छ ।’ विगतका दिनमा कोरोना देखिएका क्वारेन्टाइनमा बस्नु पर्ने सरकारी नियमभएपनि अहिले त्यो नियम नरहेको उनले सुनाए ।
सिओलमा काम गर्दै आएका कागेश्वरी मनोहरा नगरपालिकाका जितेन राईले पनि आफु संक्रमित भएको तर सुरक्षित रहेको जानकारी गराए । ‘घरबा बा-आमाले हालखबर सोध्नु भएको थियो, उनले भने, ‘राम्रो हुदै छ भन्ने खवर गरे ।’ संक्रमित भएपनि खासै धेरै समस्या नभएको उनले सुनाए ।
यसअघिका महामारीको लहरमा संक्रमितको पहिचान र क्वारेन्टिनमा सशक्त देखिएको दक्षिण कोरियालाई पछिल्लो लहरसँग जुध्न कठिनाइ भएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार मंगलबार ४ लाख ९० हजार ८८१ नयाँ संक्रमित थपिएका छन् ।
दक्षिण कोरियामा हाल १ करोडभन्दा बढी कोराना संक्रमित छन् । मंगलबारसम्म कोभिडका कारण कुल १३ हजार ४ सय ३२ जनाको मृत्य भएको छ ।
‘दैनिक ५ लाखभन्दा बढी संक्रमित भएको खवर आएको छ,’ शर्माले थपे, ‘आजै मात्र पनि ६ लाख संक्रमित भएको खवर छ ।’
दक्षिण कोरियाको संक्रमण दर र मृत्युदर अन्यत्रभन्दा कम छ। कुल ५ करोड २० लाख जनसंख्यामध्ये ८७ प्रतिशतले पूर्णरूपमा खोप लगाइसकेको छन् भने ६३ प्रतिशतले बुस्टर डोजसमेत लगाइसकेको तथ्यांक छ । आजको नागरिक दैनिकमा समाचार छ ।
















प्रतिक्रिया