पैसा सबथोक होइन । तर, केही त जरुर हो । आफ्नो दैनिक जीवन निर्वाह गर्न र आफ्ना सपनाहरूलाई आकार दिन पैसाको आवश्यकता पर्दछ । पैसाले मानिसमा गुमेको आत्मविश्वास स्वतः जगाउँछ ।
अझ घर दैनिकी चलाउन र भोली केही आइपरे सामना गर्न नारी आर्थिक रुपमा सक्षम हुन जरुरी छ । खातामा केही रकम हुँदा पलाउने आँट र साहसले नारीको स्वतन्त्रताको प्रतिनिधित्व गर्दछ । यस्तै घर र व्यवसायमा महिलाहरूको सानो बचतलाई प्रोत्साहित गर्ने उद्देश्य सहित एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ नारी बचत खाता योजना ल्याएको छ । जुन खातामा सर्वाधिक उच्च ब्याजदर, रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेका छन् । यसबाहेक बचत खातामै मुद्दतीको ब्याजदर प्राप्त हुने यस खाताको अर्को प्रमुख विशेषता हो ।
ग्राहकहरूको मेहनतको कमाइमा बैंकले उच्चतम प्रतिफल दिने सोच अनुरुप बचत खातामै मुद्दती निक्षेपको ब्याज प्राप्त हुने योजना अनुरुप सर्वश्रेष्ठ नारी बचत खाताको गुडविल एम्बेसडर श्रेणीमा यस्तो व्यवस्था बैंकले गरेको छ । उक्त श्रेणीमा रहेको स्विप इन–स्विप आउट फाइदा अन्तर्गत बचत खातामा वार्षिक ११.०३ प्रतिशत ब्याजदर प्राप्त हुनेछ । यस फाइदा अन्तर्गत खातावालाको बचत खातामा कुनै पनि दिन रू. २००,००० भन्दा बढी रकम मौज्दात भएमा, उक्त बढी रकमलाई रू. १०,००० ले गुणन गरी बैंकले तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा मुद्दती खाताकै सरह वार्षिक उच्चतम ब्याजदर खातावालालाई उपलब्ध गराउनेछ ।
जसकारण बचतकर्तालाई बचत खातामै राखेको रकममा मुद्दती निक्षेपको ब्याजदर प्राप्त हुन्छ । यसरी प्राप्त हुने लाभ बचत खाताको भन्दा करिब ४३ प्रतिशत बढी हुने गर्दछ । यस फाइदाले गर्दा खातावालाले मेहनत गरेर कमाएको रकममा सर्वाधिक उच्च ब्याजदर प्राप्त गर्न सक्नुहुनेछ ।
मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम यहाँको आवश्यकता अनुसार बिना झन्झट सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिने व्यवस्था समेत रहेको छ । यदि ग्राहकले तीन महिना अगावै (म्याच्युरिटी हुनु अघि) रकम स्विप आउट अथवा झिक्नुभएको खण्डमा सो रकममा बचत खाताकै ब्याजदर अर्थात वार्षिक ८.०३ प्रतिशत प्राप्त हुनेछ ।
आकर्षक ब्याजदरको साथमा अन्य फाइदै फाइदा
एन आई सी एशियाको सर्वश्रेष्ठ गुडविल एम्बेसडर नारी बचत खाताका खातावालाले बीमाका विभिन्न फाइदाहरु पनि पाउनेछन् । खातामा न्यूनतम १ लाख रुपैयाँको बचत गर्नेले ४० लाखसम्मको दुर्घटना बीमा, ४० लाख रुपैयाँ कै घातक रोग बीमा, ४ लाख रुपैयाँ बराबरको औषधोपचार बीमा ५ वर्षसम्म पाउनेछन् । त्यस्तै यो फाइदा खातावाला र खातावालाले तोकेको ३ जना सम्मले पाउनेछन् । त्यस्तै सर्वश्रेष्ठ नारी बचत खाताकै प्राइड अफ एन आई सी खाता खोल्नेले २० लाखसम्मको दुर्घटना बीमा र २० लाख बराबरकै घातक रोग बीमा र २ लाख बराबरको आषधोपचार बीमा ५ वर्षसम्मको लागि पाउनेछन् जुन खातावाला र खातावालाले सिफारिस गरेको अर्को एक जनाले पनि पाउनेछन् । त्यस्तै सर्वश्रेष्ठ द पार्टनर अफ एन आई सी एशिया खाता खोल्नेले १० लाख बराबरको दुर्घटना बीमा,१० लाखै बराबरको घातक रोग बीमा र १ लाख बराबरको औषधोपचार बीमा ५ वर्षसम्मको लागि पाउनेछन् ।
यी बाहेक एन आई सी एशियाको सर्वश्रेष्ठ नारी बचत खाताका तीनै क्याटागोरीको खाता खोल्ने ग्राहकले ५ वर्षसम्म निःशुल्क डीम्याट खाता,मेरो शेयर,पोर्टफोलियो म्यानेजमेन्ट सेवा पाउनेछन् । त्यस्तै कर्जा सम्बन्धी ३ फाइदाहरू जस्तै ब्याजदरमा विशेष सहुलियत,प्रशासनिक शुल्कमा विशेष सहुलियत,पूर्व स्वीकृत कर्जा फाइदा पाउनेछन् । सँगै १८ अन्य फाइदाहरू अन्तर्गत देशभरी रहेका कुनै पनि बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने,निःशुल्क लकर फाइदा,स्वीप इन-स्वीप आउट फाइदा,निःशुल्क प्री–पेड डल्लर कार्ड जस्ता फाइदा पाउनेछन् ।
अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन् – बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरिवहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । यही भनाईलाई आम्तसाथ गर्दै एन आई सी एशियाले आफ्ना नारी ग्राहकवर्गलाई बचत गर्ने बानीको विकासका साथै बचतमा उच्चतम् प्रतिफल दिन नारी बचत योजना सार्वजनिक गरेको हो ।
बीमा सम्बन्धी फाइदा के छ ?
सर्बश्रेष्ठ बचत खाता योजना अनुसार खाता खोल्ने ग्राहकहरूले रू. ८४ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नेछन् । गुडविल एम्बेसडर श्रेणीको खातावाला र निजबाट मनोनित ३ अन्य व्यक्तिहरू गरी कुल ४ जनाले प्रतिव्यक्ति रू. २१ लाखसम्मको बीमा फाइदा प्राप्त गर्नेछन् । जसअन्तर्गत रू. २१ लाखसम्मका ३ वटा बीमा रहेका छन् :
१. दुर्घटनाबाट पूर्ण शारीरिक अशक्तता वा मृत्यु भएमा रू. १० लाखको दुर्घटना बीमा
२. १८ वटा विभिन्न घातक रोगहरूको उपचारका लागि रू.१० लाखको घातक रोग बीमा
३. मेडिकल जाँच वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सम्मको मेडिकल बीमा
उपरोक्त उल्लेखित बीमा फाइदाहरू वापत लाग्ने प्रिमियम बैंक स्वयंले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई तिर्नेछ । २०७५ चैत्र २० देखि बैंकले खातावालालाई बचतसँगै बीमा फाइदा उपलब्ध गराउने योजना अनुरुप हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूलाई बीमा वापत रू.४ करोड ३० लाख भन्दा बढी रकम सहज रुपमा भुक्तान गरिसकेको छ ।
पोर्टफोलियो म्यानेजमेन्ट सेवा भनेको के हो ?
सर्वश्रेष्ठ बचत तथा मुद्दती खाताका निक्षेपकर्ताहरूले यस बैंकको सहकार्यमा एन आई सी एशिया क्यापिटलले उपलब्ध गराएको पोर्टफोलियो म्यानेजमेन्ट सेवा सहुलियत शुल्कमा उपभोग गर्न सक्ने सेवा हो । जसमा निक्षेपकर्तासँग भएको पूँजीलाई व्यवस्थापन गरी विभिन्न क्षेत्र (शेयर बजार, म्युचुअल फन्ड, आदि) मा लगानी गरी उच्च प्रतिफल प्रदान गरिन्छ ।
पूर्वस्वीकृत कर्जा फाइदा भनेको के हो ?
सर्वश्रेष्ठ बचत खाताका बचतकर्ताहरूले आफ्नो बचत खाताको ३ महिनाको औसत मौज्दातको १० गुणासम्म व्यक्तिगत कर्जा फाइदा नेपाल राष्ट्र बैंक तथा यस बैंकको विद्यमान व्यवस्थाको पालना गरी सहुलियत ब्याजदर (बेस रेटमा थप १ प्रतिशत) तथा ०.२५ प्रतिशतको न्यूनतम प्रशासनिक शुल्कमा उपभोग गर्न सकिने कर्जा फाइदा पूर्व स्वीकृत कर्जा होे ।
उदाहरणको लागि यदि ग्राहक महानुभावको बचत खातामा पछिल्लो तीन ३ महिनामा औसत रू. १० लाख बचत जम्मा रहेको छ र यस अवस्थामा ग्राहक महानुभावले रू. १ करोड कर्जा लिन चाहेको खण्डमा पूर्व स्वीकृत कर्जा फाइदा अनुरुप तीन महिनाको औसत मौज्दातको १० गुणा बढी अर्थात् रू. १ करोड कर्जा रकममा बेस रेटमा थप १ प्रतिशत ब्याजदर कायम गरी सो कर्जा रकम प्राप्त गर्न सक्नुहुनेछ । यस अवस्थामा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र लाग्ने व्यवस्था छ ।
खाता खोल्न यहाँ क्लिक (https://bit.ly/3LeM8hd) गर्नुहोस् ।
यो पनी पढ्नुहोस् ।
एन आई सी एशिया सर्वश्रेष्ठ तलब बचत खाता, उच्चतम् ब्याजसँगै कर्जा र बीमा सुविधा
एनआईसी एशिया बैंकको अतुलनीय सर्वश्रेष्ठ बचत खाता, छैन त काइदा ?




















प्रतिक्रिया