Logo

आजको तस्बिर

विपक्षी गठबन्धन रिट दायर गर्न सर्वोच्च पुग्‍नुअघिका पाँच दृश्य



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विपक्षी गठबन्धनका सांसदुहरु सोमबार सर्वोच्च अदालत जाँदै छन् । 

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका सांसदहरु मुद्दा दायर गर्ने भएका हुन् । त्यसका लागि सांसदहरुले रिटमा हस्ताक्षर गरिसकेका छन् ।

आइतबार गर्ने भनिएको मुद्दा दर्ता सोमबारको लगि सारिएको छ । सोमबार बिहानैदेखि सर्वोच्च अदालत अगाडि प्रहरी र पत्रकारको ठूलो भिड पनि लागेको छ । सर्वोच्च अदालत अगाडि भइरहेको गतिविधिको केहि दृश्यहरु :

20210524_111657.jpg20210524_111732.jpg20210524_111706.jpg20210524_111627.jpg

 

 

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार ११:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।