Logo

पोखरामा निषेधाज्ञा उलंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना



 जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै कुनै व्यक्तिले निषेधाज्ञामा जारी गरेको आदेशको पालना नगरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने जनाएको छ ।

त्यस्तै संघसंस्थाले उलंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल सरकारबाट कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कोही कसैले अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने सूचनामार्फत कास्की प्रशासनले जानकारी दिएको हो ।FB_IMG_16219458817544056.jpg

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण प्रभावकारी रूपमा व्यवस्थापन गर्न यस्तो कारबाही अगाडी बढाएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलवार १९:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।