Logo

आजको तस्बिर

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता जारी (फोटोफिचर)



भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।

शनिबार बिहान भएको भेटवार्तामा नेपाल–भारत आपसी हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटवार्ता लगत्तै हैदरावाद हाउसमा नेपाल–भारत द्विपक्षीय बैठक भएको छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् ।

बैठक सकिएपछि चारवटा परियोजनाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।