Logo

आजको तस्बिर

सुनसान काठमाडौंमा नसुनिएका आवाज !



मुलुकको संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञा लागु गरिएको छ । वैशाख १६ गतेदेखि सुरु भएको लकडाउन विभिन्न चरणमा थपिँदै जेठ २० गते सम्म लम्बाइएको छ । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाको केही विरोध गरिरहेका छन् भने कतिपयले विषम परिस्थीतीमा लकडाउनको विकल्प नरहेको तर्क गर्दै आएका छन् ।

सरकारले जारी गरेको लकडाउनको पालना गर्दै रसामाजिक सञ्जाललगायतका प्लेटफर्महरुबाट निषेशधाज्ञाको पक्ष र विपक्षमा बहस गरिरहेका छन् । उनीहरुले आफ्नो अधिकारको लागि आवाज उठाइरहेका छ्न् । तर, यहि काठमाडौंमा यस्ता व्यक्तिहरु पनि छन्- जसलाई गाँसबासकै समस्या छ । सत्तालाई यो समस्या समस्याजस्तो नै लाग्दैन । तर, उनीहरुका आवाज सुनिदिने पनि कोही छैन ।

काठमाडौं जिल्लामा अति विपन्नदेखि सम्पन्न वर्गका मानिसहरुको बसोबास छ । सबैले अफ्नो हकहितकोलागि लडिरहन्छन् । सबैले आफ्नो परिवारको समस्याको बारे आवाज उठाइरहन्छन् । तर विपन्न वर्गका मानिस, जो साच्चैको समस्यामा छन् । सधैं सत्ता परिवर्तन र पदको लुछाचुँडीका समाचारहरु बिहानी हुने काठमाडौंमा रातभरि भोको पेटमा पटुकी बाँधेर सुतेकाहरुको आवाज कसले सुन्ने ? कसैले भोको मर्नुपर्दैन भनेर भाषण गर्ने प्रधानमन्त्रीको मुलुकको संघीय राजधानीमा बिहान खाएर साँझ के खाउँको अवस्थामा रहेका जनताका समस्या सम्बोधन कहिले हुन्छन् ? आखिर सरकार कसका लागि र देशका जनता को हुन् ?

अनलाइनपाना सहकर्मीको क्यामेरामा यस्तै संघीय राजधानीको सन्नाटामा आवाज दबिएकाहरुका तस्बिर कैद गरिएका छन् ।

sunsan11.jpgsunsan99.jpgsunsan10.jpgsunsan6.jpgsunsan4.jpgsunsan8.jpgsunsan9.jpgsunsan7.jpgsunsan2.jpgsunsan1.jpg

प्रकाशित मिति : जेष्ठ १२, २०७८ बुधबार  ४ : ५५ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।