Logo

आजको तस्विर

प्रधानमन्त्रीज्यू ! आजको भिडबाट फैलिएको संक्रमणको जिम्मा कसको ?



काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको समयावधि शुक्रबार सकिँदै छ । तर, मंगलबार बसेको उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले शुक्रबारबाट निषेधाज्ञा एक साता लम्बाउने निर्णय गर्‍यो । 

यो निषेधाज्ञालाई थप कडाइका साथ अगाडि बढाउने निर्णयसँगै सबै किराना र खद्यान्‍न पसल पनि बन्द गरिने भएका छन् । यस्तो निर्णय गर्दा बैठकमा मानिसहरु थप आत्तिएर भिडभाड बढ्नसक्ने विषय छलफल भयो कि भएन होला ? भन्‍ने प्रश्‍न उठेको छन् । एक साता खाद्यान्न र किराना पसल बन्द हुने निर्णय गर्दा कोहि कोभिड लागेर होम आइशोलेसनमा बसेको व्यक्ति पनि खाद्यान्‍न मोज्दात राख्‍न आउला भन्‍ने विषय विचार गरियो कि गरिएन होला ?

कोरोनाबाट बच्न भिडभाड कम गरि सामाजिक दूरी कायम गरि जनजिवन चलाउन विश्व स्वास्थ संगठनले केहि मापदण्डहरु तोकेको छ । तर नेपाल सरकारको निर्णय भने प्रभावकारी निषेधाज्ञाको नाममा जनतालाई अत्ताएर कोरोना जोखिममा बढाउने बाहेक केही देखिँदैन । बिहीबार बिहान पसलहरुमा खाद्यान्‍न खरिद गर्न लगेको भिडको अनलाइनपाना सहकर्मीद्वारा खिचिएका केही तस्बिरहरु : 

bhidbhad 1.jpg

bhidbhad2.jpg

bhidbhad3.jpg

bhidbhad4.jpg

bhidbhad6.jpg

bhidbhad7.jpg

bhidbhad8.jpg

bhidbhad9.jpg

bhidbhad10.jpg

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : ३० बजे