Logo

राजनीति

सुदूरपश्‍चिममा मन्त्रिमण्डल विस्तार, जम्बो टोलीमा को-को बने मन्त्री ?



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल विस्तार गरेका छन् । उनले शुक्रवार ५ मन्त्रीसहित ४ राज्यमन्त्री थप गरेका हुन्।

मन्त्री भट्टले  सामाजिक विकास मन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी,भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र आर्थिक मामिलाको जिम्मेवारी प्रकाश शाहलाई दिएका हुन् ।

यसै गरी राज्य मन्त्रीको जिम्मेवारीमा मनाकुमारी साउद सामाजिक विकास, अर्चना गहतराज आर्थिक मामिला, चुनकुमारी चौधरी भौतिक पूर्वाधार र मानबहादुर सुनार भूमि व्यवस्था कृषि तथा सहकारी रहेका छन्।

mantri.jpg
 
 

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ७ : २२ बजे