काठमाडौं । अनावश्यक प्रचारमा रमाउने एनआईशी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले सम्मान समेत किन्ने गरेको पाइएको छ । सीईओ न्यौपाने शनिबार मात्रै म्यानेजर अफ दी इयर नामक अवार्डबाट सम्मानित भए ।
यो सम्मान उनलाई नेपाल व्यवस्थापन संघ (म्यान) ले दिएको हो । उक्त सम्मान उनले पैसा दिएर खरिद गरेको पाइएको हो ।
म्यान निकट विश्वसनीय श्रोतका अनुसार उनले अवार्ड आफूलाई दिन भन्दै ५० लाख खर्चिएका छन् ।
म्यानका पदाधिकारीहरुलाई सीईओ न्यौपानेले आफूलाई अवार्ड दिए होटल याक एण्ड यतिमा लागेको खर्च व्यहोरिने दिने प्रस्ताव गरेका थिए । ‘पछि नगदमै कुरा मिल्यो, सीईओले अवार्डका लागि ५० लाख दिन तयार हुनु भयो’ श्रोतले भन्यो, ‘त्यति खर्च गरेपछि त अवार्ड पाउनु ठूलो कुरा रहेन ।’
सीईओ न्यौपाने अनावश्यक प्रचारमा रमाउने व्यक्ति हुन् । आफ्नो प्रचारमा कुनै कमि नराख्ने एनआइसी एसियाका सिइओले गरेका फोटो सेसन एक समय पोल पोलमा आफ्नो फोटो राख्ने प्रधानमन्त्रीको झल्को दिने खालका छन् । त्यतिमात्र होइन बैकका निकट स्रोतका अनुसार बैंकका हरेक प्रचारबाजी समाचारमा आफ्नै फोटो राख्ने निर्देशन दिएको समेत खुल्न आएको छ ।
यो पनि पढ्नुहोस् ।





















प्रतिक्रिया