Logo

आजको तस्बिर

निषेधाज्ञामा आक्रमक बन्यो प्रहरी (फोटो फिचर)



checking11.jpg

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञामा थप कडाइ गरिएको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार शुक्रबारबाट नयाँ चरणको निषेधाज्ञा कायम भएको छ। पछिल्लो पटक थप भएको निषेधाज्ञा २० जेठसम्म कायम गरिएको छ । 

checking7.jpg

थपिएको निषेधाज्ञा अवधिमा खाद्यान्न पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने भएको छ।  निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाहीसमेत गरिने भएको छ ।

checking1.jpg

तरकारी, दूध, माछामासुका पसल भने बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ।  निषेधाज्ञा उल्लंघन गरेर अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना गर्नुपर्ने, नगरेमा ६ महिना सम्म कैद, ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ।

checking3.jpg

यस्तै अध्यादेश बमोजिम दिइएको आदेश व्यक्तिले उल्लंघन गरेमा १ लाख र संस्थाले गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्नेछ।

checking6.jpg

checking4.jpg

checking5.jpg

checking12.jpg

checking10.jpg

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।