Logo

सम्पादकीय

सम्पादकीय : नयाँ वर्षबाट शीर्ष नेताले भाषणमा काउन्टर दिन छोडुन्



आजदेखि हामी नेपाली नयाँ वर्ष विक्रम संवत २०७९ मा प्रवेश गरेका छौं । समयको प्रवाह अनन्त छ । यो चलिरहन्छ । यो अनन्त प्रवाहलाई हामी खण्ड खण्डमा विभाजन गर्छौैं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुसी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं ।

सांस्कृतिक अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका यस्तै खण्डहरू हुन् जो हाम्रो सामाजिक जीवनशैलीसँग जोडिएका छन् । समयका यी अनेक खण्डहरू हाम्रा जीवनशैली र परम्परा बनेका छन् । हामी नेपाली आज यही परम्परा र जीवनशैलीको अर्को कडीमा आइपुगेका छौँ, नयाँ वर्ष २०७९ को स्वागत गर्दैछौँ । धेरै वर्षहरु यसरी नै बिते र यसरी नै बितेर जाने हुन् ।

तर समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन । वर्ष बित्ने कुरा स्वभाविक छ तर समयको काल खण्डले नेपाल र नेपालीलाई मात्र होइन विश्वनै अहिले विषयम परिस्थितबाट गुज्रिरहेको छ । कोरोना भाइरस मानवबाट मानवमा सर्ने भएकाले पनि संक्रमित व्यक्तिको अवस्था उनीहरूको संसर्गमा रहेका कयौं मानिसमा संक्रमण फैलिरहेको छ ।

यसर्थ मुलुकमा थप संक्रमित नहोस् भनेर सतर्कता अपनाउन नै बुद्धिमानी हुनेछ । यस अतिरिक्त प्रत्येक नागरिकले पनि आफैँ सचेतता अपनाउन जरुरी छ । सबै जिम्मेवारी सरकारको मात्र हो भनेर आफ्नो दायित्वबाट नागरिक पन्छिने हो भने यसबाट निम्तिने खतराबाट ऊ स्वयंमात्र होइन, उसको परिवार, गाउँ–टोल, समाज हुँदै सिंगो देश नै प्रभावित हुन सक्छ ।

देशको कुरा गर्दा कार्यपालिका, विधायिका, न्यायपालिका र संवैधानिक अंग स् राज्य सञ्चालनमा एक(अर्काबीच दोषारोषणमै बित्यो । प्रतिनिधिसभा विघटन भएर न्यायपालिकाले बिउँदाइदिएको छ । तर एक अर्कालाई सिध्याउन लागिपरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको असीमित शक्ति र अधिकार केन्द्रित गरेका छन् । राष्ट्रपति, राज्यका अंग र संवैधानिक निकाय शक्ति पृथकीकरण र सन्तुलनबाहिर रहे ।

दुई तिहाईको सरकारले समृद्धिको उच्च स्वरमा कुरा गरे पनि मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्न सकेन । जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनिकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सकेनन् । सामान्यतया कुनै पनि विषय, सन्दर्भ र घटनाका सम्बन्धमा चर्चा परिचर्चा गर्दा राम्रो र सुधारिएको पक्षको भन्दा सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै उपदेश बढी दिने संस्कारबाट ग्रस्त देखियो यो वर्ष पनि ।

विभिन्न काण्ड यो वर्षका सबै भन्दा मुख्य समाचार बने । आफ्ना नजिकका र आसेपासेलाई काखी च्याप्दा गलत संस्कार र भष्ट्राचारले बढावा पायो । सरकारी सम्पत्ति र राज्यको स्रोत हिनामिना र दुरुपयोगमा राजनीतिक व्यक्तिहरूकै नाम अग्रपंक्तिमा आउने क्रम रोकिए, झन् बढ्यो ।

निरीह प्रतिपक्षले जनता निराश हुन स्वभाविकै हो । राजनीतिक दल र तिनको नेताहरू आ–आफ्ना निश्चित विचार, दर्शन, सिद्धान्त र राजनैतिक नाराबाट टसमस् नहुने र अहंकारको डम्फु बजाउँदै भित्तामा सिंगौरी हान्ने गलत राजनैतिक अभिष्टका कारण मुलुकले खास प्रगति गर्न सकेन ।

अरु मौसमी आरोप प्रत्यारोप त नेपाली राजनीतिको संस्कार जस्तै बनिसकेको छ । अरु भ्रष्ट आफु सर्वश्रेष्ठ, म र मेरो मात्र ठीक अरु जम्मै गलत, हामी भए हुन्छ अरु आए स्वीकार गरिदैन, यही चिन्तन, व्यवहार र मानसिकताका कारण मुलुकले खास गति लिन सकेन । यो क्रम अझ बढ्ने देखिन्छ । सरकारभित्रकै मन्त्रीमण्डलदेखि सरकारी पदाधिकारी होस् वा सत्तारूढ दलभित्र समन्वय नगर्ने र एक अर्काप्रति दोषारोपण आशंकाको घेरा बाक्लिने क्रम चुलिँदो छ । जुन सुखद लक्ष्यण त हुँदै होइन ।

अपेक्षा गरौँ, सरकारले बितेको वर्षको गम्भीरतापूर्वक समीक्षा गर्नेछ । आगामी दिनमा जनस्तरबाट उठेका आवाजहरूलाई सरकारले सुदृढ गर्दै जानेछ । यस वर्ष २०७८ का गल्तीहरू दोहोरिने छैनन् । आम नागरिकले आफ्ना लागि सरकार छ भन्ने अनुभूति गर्न सकून् । प्रत्येक नागरिकले आफू सुरक्षित रहेको अनुभव गर्न सकोस् ।

नयाँ वर्षको प्रारम्भ भनेको बितेको वर्षको समीक्षा गर्दै नयाँ योजनाका साथ अघि बढ्ने समय पनि हो । खास गरी खुलेर भेटघाट, भोजभत्तेर गरेर शुभकामना साटासाट, मनोरञ्जन तथा पूजाआजा गरी नयाँ वर्ष मनाउने परम्परा छ । तर नेपालमा मात्र होइन विश्वभर छरिएर रहेका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्षको उत्सव यस वर्ष रहेन । तर जो जहाँ छौं हार्दिकताकासाथ नयाँ वर्षको स्वागत गरौंँ । नयाँ वर्ष, नयाँ योजना, संकल्प र कार्यान्वयन सहितको वर्ष बनोस् वर्ष २०७९ शुभकामना ।

सम्पादक
नारायणप्रसाद अधिकारी

प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार  ८ : ५७ बजे