Logo

चुनावलाई लिएर प्रियंका आक्रोशित 



काठमाडौँ- नायिका प्रियंका कार्की सरकारप्रति आक्रोशित बनेकी छन् । विषम् परिस्थितिमा सरकारले मध्यावधि चुनावलाई प्राथमिकतामा राखेको भन्दै नायिका कार्कीले आक्रोश पोखेकी हुन् । धेरै मानिसहरू समस्यामा भएको हुनाले चुनावमा हुने खर्च स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने उनको माग छ । अक्सिजन, आइसीयू बेड, भेन्टिलेटर, भ्याक्सिनलगायतका विषयमा सोच्नुपर्ने उनले बताएकी छन् ।

आक्रोशसहितको लामो पोस्टमा उनी लेख्छिन्- ‘तिम्रो देश जलिरहेको छ। जनताहरू मरिरहेका छन् । आक्रोश फैलिएको छ। त्रास छ। डर छ।’ उनको पोष्ट जस्ताको त्यस्तै :

हाम्रो नेपाल सरकार प्रति बिनर्म अनूरोध !
आखा खोलेर एक़ पटक निहालेर देशको स्तिथि हेरनूस! आहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिदैन! यो आहिले प्राथमिकतामा पर्देंन। यति सामान्य कुरा पनि देखन र बुझ्न नसकने?
देश हाक़ने शक्ति, देशलाईं प्रगति र उन्नतिको मार्गमा लाने र ईमानदारी र ज़िम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?
हज़ारौको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले VACCINE लाउन पाएको छैन, निशादेज्ञा चलिरहदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याऊन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो!
यो सब देखदा देखदै पनि आहिलेको नाज़ुक घड़ीमा ४० अरब चूनावमा खर्च ग़र्ने? देश र जनतालाई साचै यही चाहिएको हो त यो समयमा?
बुझ पचाएर बस्ने?
अझै पनि आफूले आफुसंग नज़र मिलाउन सकछौ ए सरकार? राति निंद्रा रामरो लागछ?
तिम्रो देश जलिरहेको छ। जनताहरू मरीरहेका छन। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।
अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस!
४० अर्ब OXYGEN CYLINDERS, ICU WARDS, VENTILATORS, HEALTHCARE SYSTEM, FREE VACCINES FOR ALL मा खर्च गरनुस!
यो प्राथमिकतामा परे जनता खुशी पनि हुँथे, राहत पनि मिल्थ्तो।
जनता रहे त देश रहनछ नि होइन र ?
चुनाव त बिस्तारी समय परिस्थिति ठीक भाएपछि गरौला नि!
चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाऊने लायक काम गरेर त देखाऊनुस पहिले।
बिनर्म अनुरोध।
– प्रियंका कार्की

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १२:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।