Logo

सामाजिक सुरक्षा कोषमा रोजगारदाताको जेठ र असारको रकम सरकारले व्यहोर्ने



सामाजिक सुरक्षा कोषमा रोजगारदाताको जेठ र असारको रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८-०७९ सालको बजेटले कोरोना भाइरस अर्थात कोभिड-१९ को दास्रो लहरका कारण समस्यामा परेका श्रमिक तथा रोजगारदाताले कोषमा जम्मा गर्नुपर्ने जेठ र असारको रकम सरकारले व्यहोर्ने भएको हो ।

यस अवधिको श्रमिकका तर्फबाट जम्मा हुनुपर्ने ११ प्रतिशत र रोजगारदाताको तर्फबाट जम्मा हुनुपर्ने २० प्रतिशत योगदान रकम प्राप्त हुने भएको छ । यर्सथ उक्त अवधिभरको रकम जम्मा नगर्न सामाजिक सुरक्षा कोषले आग्रह गरेका हुन् । साथै, राहत रकम प्राप्त गर्न २०७८ वैशाख महिना सम्मको योगदान नियमित भएको हुनुपर्ने समेत उक्त सूचना मार्फत जानकारी गराएको छ ।

191005932_1620682604797907_7560855917095906780_n.png

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १५:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।