२०७२ सालको भूकम्पले भत्किएको धरहरा फेरि ठडिएको छ । धरहरा पुनर्निमार्ण गर्दा यो क्षेत्र पनि विस्तार गरिएको छ ।
अहिले धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ। बाहिर बाट नौ तल देखिने घरहरा २१ औ तलको निर्माण गरिएको छ ।
धरहरा पुनःनिर्माणको जिम्मेवारी विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं.२०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण सुरु गरेको थियो ।
पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेका थिए । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ ।
भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ। धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।
धरहरा उद्घाटन गरि सके पनि काम भने अझै धेरै नै बाँकि रहेको छ । काम सकिनु अगाडि नै उद्घाटन गरिएको घरहराको काम भने अझै सकिएको छैन् ।


























प्रतिक्रिया