Logo

२१ गतेबाट खाद्य पसल खुल्ने, सीडीओहरुको बैठक बस्दै



जेठ २१ गतेदेखि निषेधाज्ञामा केही खुकुलो हुने देखिएको छ । यसबारे निर्णय गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रखुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार बस्दैछ ।  काठमाडौंका सीडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सीडीओ  प्रेम प्रसाद भट्टराई र ललितपुरका सीडीओ  ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने बताइएको छ । 

उपत्यकामा जेठ १४ बाट बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ । सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ । बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ । 

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १०:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।