Logo

बैंकिंग

प्रभु पे मार्फत ग्यापुमा सामान किनेमा १० प्रतिशत क्यास ब्याक सहित निःशूल्क मोबाइल टिभि पाइने 



प्रभु पे र ग्यापु बिच दशै सामान खरिदमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सनसहित ओटिटि(मोबाइल टिभि)  निःशुल्क प्राप्त गर्न सकिने भएको छ । 

 ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काका अनुसार ग्यापुमा सपिङ गर्दा प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा  १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने छ 
ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताइएको छ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्तामध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने जनाएको छ।

त्यस्तै दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १० : ४३ बजे