नेपालगञ्ज । बाँकेको नेपालगन्जमा लागुऔषध कोरेक्ससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नाका छेउमा पर्ने नेपालगञ्ज–१४ बाबुगाउँबाट एक सय ७ सीसी कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा पुगेको प्रहरीले डुडुडा गाउँपालिका वडा नम्बर ६ बस्ने सराफत अलि शेष र अशोककुमार यादव, वडा नम्बर १ का देवीप्रसाद बनियाँलाई नियन्त्रणमा लिएको हो ।
साइकलमा रहेका शेष र यादवको साथमा रहेको जुटको बोराभित्र कोरेक्स फेला पारिएको थियो । प्रहरीले सो कार्यमा बनियाँ संलग्न रहेको बताएको छ ।
यस्तै बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार अभियुक्त दीपक थापालाई पक्राउ गरेको छ । २०७७ माघ २ गते अदालतले थापालाई एक महिना ४ दिन कैद तोकेको थियो ।
प्रतिक्रिया